रुकुम पूर्वको सिस्ने गाउँपालिका –२ को मान्द्रे भिरमा पक्की पुल निर्माण गरिएको छ । गत वर्षको वर्षायाममा भासिएको बाटोमा हालै पुल निर्माण गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो ।
कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।
पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ ।
स्पेनिस क्लब सेभिया र इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हात्तीसँग मिल्दोजुल्दो जीव मेमथ लोप भइसक्यो। वैज्ञानिकले बेला बेलामा मेमथका अवशेष फेला पारेका छन्। सन् १९७७ मा सोभियत सङ्घको साइबेरिया क्षेत्रको एउटा खानीमा बुल्डोजरले खन्ने क्रममा अचानक मेमथको छावाको अवशेष फेला परेको थियो। मेमथ चिसो क्षेत्रमा बसोबास गर्दथे अर्थात् चिसो भेगमा बस्ने हात्ती हुन्। १७औँ शताब्दीसम्म युरोपेली र एसियालीहरू मेमथसँग परिचित थिए। सन् १७९६ मा जर्जस् क्युभरले मेमथलाई लोप भएको जीव घोषणा गरेका थिए।
हरेक वर्ष करिब ३.७८ सेन्टिमिटर दरले चन्द्रमा पृथ्वीबाट टाढिँदै छ । यसरी चन्द्रमा टाढा हुँदै जाँदा यसको परिक्रमा अवधि बढ्ने र पृथ्वीको आफ्नो कक्षमा घुम्ने गतिसमेत सुस्त हुँदै गएको छ ।
सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये एक हो, अछाम । यो दुर्गम क्षेत्रमा समावेश पहाडी जिल्ला हो । माथि उल्लिखित देउडा गीतले भनेझैँ अछाम यति आकर्षक र सुन्दर छ, जस्तो मन मिलेको मान्छे र वनको चरी डाँफे जत्तिकै राम्रो छ ।
टोखा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।
गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका –३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिसन अस्पताल, पाल्पामा मृत्यु भएको हो ।
रुपन्देहीका संस्थागत विद्यालयले पुराना विद्यार्थीको नवीकरणबापत पनि चर्को शुल्क असुल्न थालेका छन् । एक पटक भर्ना भएका विद्यार्थीलाई भर्नाका नाममा फेरि चर्को शुल्क असुलेपछि अभिभावकले आर्थिक मन्दीका बेला विद्यालयले आर्थिक रूपमा बोझ पार्ने काम गरेको गुनासो गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय तनहुँले वैशाख १० गते तनहुँ –१ मा हुने उपनिर्वाचनको लागि बिहीबारदेखि मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले वैशाख ११ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीलाई सत्ता साझेदार दलहरूले दिएको विश्वासको मत गत चैत १२ गते फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले वैशाख ११ भित्रै विश्वासको मत लिने तयारी गर्नुभएको हो ।