बाजुराको बडिमालिका नगरपालिका ८ र ९ को राप्का बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका छन् । खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन् ।
साग स्वर्णधारी विकास थापाले १९औँ एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा राष्ट्रिय कीर्तिमान रच्नुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा जारी रहेको छ ।
आजकल, कतिपय अध्येताले देशका जातजातिको जीवनशैलीलाई समेटेर अध्ययन गर्ने तथा कृति प्रकाशन गर्ने क्रममा मन्दी आएको विचार राख्दै आएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।
जिल्लाको कालीमाटी गाउँपालिका भित्र बसोबास गर्ने विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । कालीमाटी गाउँपालिकाले पालिका भित्र बसोबास गर्ने अति विपन्न २८० परिवारलाई जस्तापाता वितरण गरेको हो ।
सुक्खायामसँगै यहाँका वनहरूमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ ।
नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरूलाई खोप लगाउन सुरु गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरूलाई घरधुरी सर्वेक्षणमार्फत खोजेर खोप लगाउन सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन्।
महोत्तरीका रामअशेश्वर ठाकुरले १४ वर्ष साउदी अरबमा पसिना बगाउनुभयो । उमेर छँदै श्रम गरे भविष्यमा सुखको जीवन बाँचिएला र आश्रित परिवारले पनि दुःख भोग्नु नपर्ला भन्ने सोचेरै उहाँ देश छोडेर परदेश पुग्नुभएको थियो ।
बाँकेको खजुरा गाउँपालिका भित्रका सबै फुसको घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित बनाउने अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जिदमा फलफूल वितरण गरिएको छ ।
डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसरह नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ ।