बागमती प्रदेशको सुरक्षा अवस्थाको बारेमा छलफल गर्दै हेटौँडामा प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ। बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शुक्रबार हेटौँडामा भएको गोष्ठीमा प्रदेशभित्रको सुरक्षा चुनौती र समस्यालगायत विषयमा छलफल भएको छ।
रुसी उपल्लो सदनको निमन्त्रणामा औपचारिक भ्रमणका लागि रुसमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसी तल्लो सदन डुमाका अध्यक्ष व्याचेस्लाभ भोलोडिनबीच भेटवार्ता भएको छ ।
कुनै समय आयातित तयारी पोसाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् ।
दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैङ्कको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नियमित कोदो सेवनले आफ्नो सुगर र प्रेसर कम भएको बताउनुभएको छ ।
नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ। गत साता ६७.६८ अङ्कले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अङ्कले गिरावट आएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सङ्घीय राजधानी काठमाडौंको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौंको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ ।
नेपालका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गर्नुभएको छ ।
यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आज (शुक्रबार) देखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्तमान सत्ता गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । शुक्रबार वीरेन्द्रनगरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिता वैशाख २८ देखि ३० गतेसम्म पाल्पाको रानीमहलमा हुने भएको छ ।
नापी कार्यालयका चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
लामो समयको खडेरीले जिल्लाभरि डढेलो लाग्नेक्रम बढेको छ । पछिल्लो समय सुख्खा खडेरीका कारण डढेलोको घटना बढेको हो । खडेरीले जिल्लाभरिका सामुदायिक, सरकारी तथा निजी वनमा डढेलो लागेको छ ।
भारत सरकारले द्वन्द्वग्रस्त सुडानमा रहेका भारतीयहरूको सुरक्षा र उनीहरूलाई बाहिर निकाल्ने वातावरण सुनिश्चित गर्न विभिन्न राष्ट्रहरू र संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूसँग सम्पर्कमा रहेको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार उल्लेख गर्नु भएको छ ।