• २९ वैशाख २०८१, शनिबार

मेमथको अवशेष फेला

blog

हात्तीसँग मिल्दोजुल्दो जीव मेमथ लोप भइसक्यो । वैज्ञानिकले बेला बेलामा मेमथका अवशेष फेला पारेका छन्। सन् १९७७ मा सोभियत सङ्घको साइबेरिया क्षेत्रको एउटा खानीमा बुल्डोजरले खन्ने क्रममा अचानक मेमथको छावाको अवशेष फेला परेको थियो। मेमथ चिसो क्षेत्रमा बसोबास गर्दथे अर्थात् चिसो भेगमा बस्ने हात्ती हुन्। १७औँ शताब्दीसम्म युरोपेली र एसियालीहरू मेमथसँग परिचित थिए। सन् १७९६ मा जर्जस् क्युभरले मेमथलाई लोप भएको जीव घोषणा गरेका थिए।