महानगरपालिका क्षेत्रभित्र सीसीटीभी (क्लोज सर्र्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रिय महिला आयोगमा पाँच महिनामा घरेलु, शारीरिक, मानसिक र आर्थिक हिंसाका ३१० वटा उजुरी परेका छन् । आयोगले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले मङ्सिर महिनादेखि चैत ३० सम्मको अवधिमा यस्ता हिंसाका उजुरी परेको बताउनुभयो ।
कतिपय स्थानीय तहका प्रमुखले कानुनविपरीत स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक भार थप्ने काम गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी कानुनमा स्वकीय सचिव र सल्लाहकार नियुक्त गर्ने व्यवस्था नभए पनि कतिपय पालिकाका प्रमुखले आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी स्थानीय तहलाई आर्थिक व्ययभार थपेका हुन् ।
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
महिलालाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा सक्षम बनाउन सहकारी उपयुक्त र प्रभावकारी माध्यम रहेको म्याग्दीका महिलाले बताएका छन् । सामाजिक विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिकासँगको सहकार्य तथा मिलन म्याग्दीको व्यवस्थापनमा सञ्चालन भएको दुई दिने सहकारीको संस्थागत विकास तथा अभिमुखीकरणका अवसरमा यहाँ आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।
प्रेस काउन्सिल नेपालले यही वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई अपिल गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई दशकमा नभएको काम आफू नेतृत्वको सरकारले तीन वर्षमा गरेको दावी गर्नुभएको छ । बारा निर्वाचन क्षेत्र २ मा आयोजित कार्यक्रममा आज उहाँले सो दावी गर्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दलका नेताहरु आफूविरुद्ध खनिएको र अभियान देखेर आत्तिएको बताउनुभएको छ । उपनिर्वाचनको चुनावी सभालाई विहीबार भरतपुरमा सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रतियोगितामा पुरुषतर्फ पहिलो वरियताका खेलाडी फिडे मास्टर रुपेश जैशवालले एकल अग्रता लिनुभएको छ ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शक्तिखोरको औद्योगिक ग्राम निर्माणको काम छिट्टै सम्पन्न गरिने बताउनुभएको छ।
गुल्मीको तम्घासमा मापदण्ड विपरितका सडकपेटीहरु भत्काउन सुरु गरिएको छ । रेसुंगा नगरपालिका –२ बाघमारेको बेरियल चोकबाट मापदण्ड विपरितका सडकपेटीहरु भत्काउन सुरु गरिएको हो ।
नेपालको ऐतिहासिक सम्पदाहरु तथा घटनाक्रमको संरक्षण‚ सम्बर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले चैत्र २९ गतेदेखि सुरु भएको नेपाली सेनाको गोरखा-जितगढी पदयात्रा बिहीबार सकिएको छ ।
इलामको माई नगरपालिका –२ भन्ने स्थानमा व्यक्तिले निर्माण गरेको फनपार्क हटाइने भएको छ । फनपार्कले वन र खोलाको सार्वजनिक जग्गा मिचेको ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खाली गराउन जिल्लाका निकायलाई पत्राचार गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधिको शासन, भ्रष्टाचारमुक्त समाज कायम गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । आज यहाँ आयोजित चुनावी सभामा उहाँले लोकतन्त्र रक्षाका लागि विधिको शासन जरुरी रहेको बताउनुभएको हो ।