सुक्खा क्षेत्रमा पोखरी निर्माण गर्दा वर्षामा परेको पानी सङ्कलन हुने र त्यसबाट पुनर्भरण (रिचार्ज) भई पानीका मुहान संरक्षण हुने विश्वासका साथ कृत्रिम पोखरी निर्माण गर्ने गरिन्छ। रामेछाप जिल्लाका केही स्थानीय तहले विभिन्न गैरसरकारी संस्थासँग मिलेर पोखरी निर्माण गर्न सुरु गरेका थिए तर यो अभियानले निरन्तरता पाउन सकेको थिएन।
मुलुकका अधिकांश चिनी मिलले समयमै भुक्तानी नगरेको भनी किसानको गुनासो बढिरहेका बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले भने यो वर्ष खरिद गरेका उखुको सबै भुक्तानी गरेको जनाएको छ । मिलले क्रसिङ सिजन २०७९÷८० लागि २६ लाख ३० हजार ७४७ क्विन्टल उखु खरिद गरी दुई लाख ४२ हजार तीन क्विन्टल चिनी उत्पादन गरेको थियो ।
काठमाडौँ उपत्यकाको इतिहास जोडिएको टुकुचा खोला खोला नै भएको उच्च अदालत पाटनले फैसला गरेको छ । खोला नभई ढल भएको भन्दै अदालतमा परेको मुद्दामा यस्तो फैसला आएसँगै काठमाडौँ महानगरपालिकाले तत्काल खोला मिचिएर बनाइएका संरचना भत्काउने र खोलालाई पूर्णता दिने काम चाँडै सुरु गर्ने जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्धन गर्ने नीति सरकारले लिएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखेर एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गरी कार्यान्वयनमा ल्याउने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त कार्यक्रमको निर्देशिका संशोधन गरेर आउँदो आर्थिक वर्षदेखि पुनर्संरचना गर्ने तयारी गरेको हो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले विगत पाँच वर्षदेखि सञ्चालित कार्यक्रमको कार्यान्वयन प्रभावकारी नभएको भनेर चौतर्फी आलोचना भएपछि आगामी वर्षदेखि यसको ढाँचा परिवर्तन गरेर सञ्चालन गर्ने गरी निर्देशिका संशोधन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने निर्देशिकाको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृति भएर आउने चरणमा रहेकाले छिट्टै कार्यान्वयनमा आउने उहाँको भनाइ छ ।
झापाको कनकाई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ गते घरमा झगडा हुँदा श्रीमान् ५३ बर्षीय टेकबहादुर कार्की घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
आजदेखि राजधानीका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गरिने भएको छ । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको हो । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति भएको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले जानकारी दिनुभयो ।
नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौँको नयाँबसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
गोरखापत्र संस्थानले संस्थानका नेपाली प्रकाशनहरूमा लागु हुने गरी गोरखापत्र प्रकाशन शैली प्रयोगमा ल्याएको छ । संस्थानका प्रकाशनहरूका समाचार सामग्री भाषिक तथा अन्य विविध पक्षमा एकरूपता कायम गर्दै अझ स्तरीय बनाउन गोरखापत्रका यसअघिका शैली पुस्तिका, नेपाल प्रज्ञा–प्रतिष्ठानको पछिल्लो शब्दकोश तथा अन्य समाचार संस्थाका शैली पुस्तिकाहरूलाई आधार बनाएर गोरखापत्र प्रकाशन शैली प्रकाशनमा आएको हो । गोरखापत्र दैनिकको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार आयोजित विशेष समारोहमा प्रकाशन शैलीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विमोचन गर्नुभयो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट थप सात दिनको अनुमति दिएको छ ।
काठमाडौं, वैशाख २४ गते । वि.सं. १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ नेपालमा पत्रकारिताको शिलान्यास मात्र थिएन, सञ्चारको विकासमा पनि एउटा फड्को थियो। नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्रले आइतबार १२३ वर्ष लामो अविचलित यात्रा तय गरेको छ ।यो गौरवपूर्ण यात्रामा गोरखापत्र जहानियाँ राणा शासन, राजा, प्रजातन्त्र, पञ्चायतदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको साक्षी बनेको छ । सरकारले गोरखापत्र प्रकाशन भएको मितिलाई नै राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णयसमेत गरेको छ । दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रमसमेत गरिएको छ । गोरखापत्र संस्थानले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरेको छ । १२३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिले दिनुभएको शुभकामना सन्देशलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ ।
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वाड ४ रातामाटामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टदा सोही स्थानका चालक मानबहादुर नेपाली (राजु) को मृत्यु भएको हो ।
सर्लाहीको बरहथवा र धनकौलमा आइतबार दिउँसो भएको आगलागीबाट तीन घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट बरहथवा नगरपालिका –११, हीरापुरमा धर्मेन्द्र पासवान र होरिल हजारीको फूसले छाएका दुईवटा घर पूर्णरुपमा जलेको वडाध्यक्ष नवराज राईले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानवीनमा सरकारको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको छ । आइतबार संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा उहाँले सो प्रश्न गर्नुभएको हो ।
सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।