गुच्ची च्याउ सङ्कलनको मौसम सुरु भएसँगै मुगुवासीले आम्दानी गर्न थालेका छन् । यो मौसममा यहाँका स्थानीय जङ्गलमा गई जडीबुटीजन्य गुच्ची च्याउ सङ्कलन गर्न हिजोआज व्यस्त हुन थालेको छ ।
नेपालगञ्ज नाका भएर पछिल्लो समय चामल, चिनीलगायतको आयातमा कमी आएको छ। नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि चैत मसान्तसम्म भन्दा चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत मसान्तसम्म चामल आयातमा ५१ प्रतिशतले कमी भएको छ। भन्सारको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म एक लाख ४० हजार २८९ टन चामल आयात भएकोमा चालु आवको सोही अवधिमा ५२ हजार ३४९ टन मात्रै आयात भएको छ।
थारू समुदायको बाहुल्य भएको गाउँबस्तीमा कोहलपुर नगरपालिकाले सञ्चालन गरेको सिकलसेल र थालेसेमियाको रोग नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ। कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले थारू समुदायका महिला र पुरुषमा बढी देखिएको सिकलसेल र थालेसेमियाको रोगको नियन्त्रणका लागि सुरु गरिएको अभियानप्रति सो समुदाय बढी आकर्षित भएपछि अभियान प्रभावकारी बन्दै गएको बताउनुभयो।
नेपाली साहित्य वर्तमान अवस्थासम्म आइपुग्नुमा करिब तीन शताब्दी लामो यात्रा हजारौँ व्यक्ति, सङ्घसंस्था र समूहको व्यक्तिगत तथा समूहगत प्रयासको फल हो भन्नेमा दुई मत छैन । सुवानन्ददासबाट
लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जनताका स–साना मुद्दाहरू उठाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ । उहाँले समाज रूपान्तरणका लागि जनताका एजेन्डामा सरकारलाई दृष्टि पु-याउने र सरकारका नीति जनतालाई बुझाउने गरी कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो।
च्याँखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् ।
प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले विकास निर्माणका काम पेटी ठेक्कामा दिनु गलत भएको बताउनुभएको छ। राप्ती राजमार्ग अन्तर्गत रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ र १२ जोड्ने निर्माणाधीन पितिबाङ पक्की पुलको अनुगमनका क्रममा पूर्वमन्त्री शर्माले मुख्य ठेकेदारले भित्रभित्रै पेटी ठेक्का दिँदा समयमै काम सम्पन्न हुन नसकेको चर्चा गर्नुभयो। उहाँले कमिसनको नाममा पेटी ठेक्का दिने चलनले विकास निर्माणका काममा ढिलाइ भएको बताउनुभयो। उहाँले भन्नुभयो, “समयमै काम पनि हुँदैन, योजना अलपत्र हुन्छन्। निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्न नसक्दा विकासको काममा अवरोध आएको छ।”
बैङ्कमा लुटपाट वा चोरी किन हुन्छ ? किनभने पैसा त्यहीँ हुन्छ । बैङ्क लुटपाटका कैयौँ घटना इतिहासका पानामा कोरिएका छन् । सबैतिरको पैसा बैङ्कमै जम्मा हुन आउने भएकाले होला लुटेराले पैसा हासिल
तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् ।
दार्चुला जिल्लाका रामसिंह धामी ठेलामा तरकारी बेच्नुहुन्छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बस्नुहुने ४८ वर्षीय धामी २० वर्ष भारतको दिल्ली लगायत विभिन्न ठाउँमा मजदुरी गरेर २०७६ चैत २८ गते घर फर्कनुभएको हो। घर फर्केपछि पनि पुनः भारत फर्कने सोच बनाएका धामीले यतै केही गर्ने सोच राख्नुभयो। धेरै लगानी लाग्ने कामका लागि पैसा नभए पनि उहाँले कम लगानीमा हुने व्यवसाय गर्नुपर्ने थियो।
मूलभूत रूपमा अर्थतन्त्रका तीनवटा क्षेत्र छन्–कृषि, उद्योग र सेवा । यी तीन क्षेत्रले अर्थतन्त्रका तीन आयाम समेट्छन् । भूमिमा आधारित कृषि परम्परागत अर्थतन्त्रको आधार थियो र अझै छ । औद्योगिकीकरणले कृषि अर्थतन्त्रको अधिक श्रम शक्ति प्रयोग गरेर नयाँ अर्थतन्त्रको आधार सिर्जना ग¥यो । अठारौँ शताब्दीको औद्योगिक क्रान्तिले औद्योगि
गोरखापत्रले वैशाख २४ गते १२३ औँ वार्षिकोत्सव मनाएको छ । यो अखबार नेपालका चारवटा महìवपूर्ण राजनीतिक परिवर्तनको साक्षी हो । राणाकालमा उदारमध्येका एक राणा प्रधानमन्त्री देवशमशेरले यसको स्थापना गर्दा देशका राजा पृथ्वी वीरविक्रम शाह थिए । उसबेला राजाको शासन थिएन, प्रधानमन्त्री नै मूल शासक हुन्थे । देवशमशेर
स्थानीय सरकारको रूपमा चिनिने स्थानीय तह सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएपछि थप बलियो समृद्ध र स्वायत्त बन्दै गएको छ । स्थानीय तहको अधिकार क्षेत्र फराकिलो छ । स्थानीय तहले जनताको जीवनलाई समृद्धिको यात्रामा जोड्न महìवपूर्ण भूमिका खेल्ने दिशामा अग्रसर छ । नेपालमा भएको १० वर्षे जनयुद्धको जगमा निर्मित यो व्यवस्थामा मजदुर, किसान, दलित, महिलामा आएको ठूलो जागरण र उनीहरूमा नेतृत्वको पनि विकास हुनु हो । जनयुद्ध एक युगान्तकारी परि