अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ भने अन्य १२५ जना घाइते भएका छन् ।
नेकपा (एमाले) संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भुटानी शरणार्थीलगायत विषयमा सांसदहरूले चासो देखाएका छन् ।
सङ्घीय संसद्को बर्खे अधिवेशन आज (आइतबार)देखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
देशभर २० जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
सरकारले अभिभावकलाई सुर्तीजन्य प्रदार्थको सेवन त्याग्न आग्रह गरेको छ ।
सुडानमा टर्कीका राजदूत इस्माइल कोबानोग्लुको गाडीमा शनिबार गोली प्रहार भएको छ । उक्त घटनामा सुडानी सेना र अर्धसैनिक र्यानपिड सपोर्ट फोर्स (आरएसएफ) ले एकापसमा दोषारोपण गरेका छन् ।
एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्दैछ ।
गोरखापत्र प्रवेशको १२३ औं वर्ष तथा गोरखापत्र संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वि.सं. १९५८ वैशाख २४ गते पहिलो प्रकाशन गरेको गोरखापत्रले आज वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम आयोजना गरेको हो ।
तान्जानियाको भ्रष्टाचार विरोधी निगरानी संस्थाले भ्रष्टाचार विरुद्धको लडाइलाई सुदृढ पार्न ३२२ जना अधिकारीहरू नियुक्त गर्ने योजना बनाएको छ ।
बलिउड अभिनेता आमिर खान नेपाल आउनुभएको छ । अभिनेता खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आउनुभएको हो ।
नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतबार) दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलव १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा चार अङ्कको अग्रता लिएको छ । लिग अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले लिड्स युनाइटेडलाई २-१ गोलले हरायो ।
गोरखापत्र प्रकाशनको १२३औं वर्ष प्रवेश तथा संस्थानको ६१औं वार्षिकोत्सवको अवसरमा आइतबार संस्थानमा कार्यरत १४ जना पत्रकार तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।