दोलखा जिल्लाको जिरी र जुगु क्षेत्रमा रहेका जिरेल जातिको नामकरण स्थान विशेषको नामबाट ‘जिरेलु भएको हुन सक्ने विश्वास गरिन्छ । जिरीसाथै सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, चितवन, मकवानपुरतिर पनि पातलो सङ्ख्यामा जिरेलहरू बस्छन् ।
ऐतिहासिक महत्वको गर्भा दरबार बेवारिसे बनेको छ । कैलालीको चुरे गाउँपालिका–४ खैरालामा रहेको राणाकालीन दरबार संरक्षण र प्रयोग नहुँदा जीर्ण हुँदै बेवारिसे बनेको हो ।
गोरखापत्र राष्ट्रिय दैनिकले आज प्रकाशन थालनीको १२३औँ वर्ष प्रवेश तथा संस्थान स्थापनाको ६१औँ वार्षिकोत्सवको सुखद अवसरमा गोरखापत्र तथा गोरखापत्र संस्थानमा कार्यरत सञ्चारकर्मी तथा सबै कर्मचारीलाई बधाई ज्ञापन गर्दछु । नेपालको पहिलो प्रकाशनका रूपमा वि.सं. १९५८ सालको वैशाख २४ गतेबाट ‘गोर्खापत्र’ को प्रकाशन प्रारम्भ भएको हो । वि.सं. १९९१ वैशाख ९ गतेदेखि गोर्खापत्र प्रत्येक हप्ताको शुक्रबार प्रकाशित भएको थियो । अर्धसाप्ताहिकको वि.
सर्वप्रथम गोरखापत्र दैनिकको १२३औँ तथा गोरखापत्र संस्थानको ६१औँ वर्ष प्रवेशका अवसरमा म गोरखापत्र तथा गोरखापत्र संस्थानमा कार्यरत सञ्चारकर्मी, प्राविधिक र सबै कर्मचारीलाई बधाई दिन चाहन्छु । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको दिनलाई नेपाली पत्रकारिताको आरम्भिक दिन मानेर नेपाल सरकारले २०७३ देखि वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन थालेको छ । यस उपलक्ष्यमा आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा म समस्त नेपाली पत्रकार र सञ्चारकर्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
संसद्को वर्षे अधिवेशन आइतबार आरम्भ भएको छ । हिउँदे अधिवेशन केही दिनअघि मात्र समापन भयो । सामान्यतया हिउँदे अधिवेशनलाई विधयेक अधिवेशन भनिन्छ भने वर्षे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा चिन्ने गरिन्छ । बजेट अधिवेशन आरम्भ भएकै दिन सरकारद्वारा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिन्छ । त्यसमा विधायकबाट गहन छलफल हुन्छ । सोही सिद्धान्त र प्राथमिकताका आधारमा सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम प्रस्तुत गर्छ । संसद्मा प्रस्तुत हुने नीति र कार्य
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले विश्व आर्थिक अवस्थाको चुनौतीपूर्ण अवस्थाका बाबजुद नेपालको आर्थिक अवस्था सन्तुलित र सुरक्षित रहेको बताउनुभएको छ ।
स्याङ्जाको वालिङस्थित वालिङ बहुमुखी क्याम्पसमा आर्थिक सङ्कटकाल घोषणा गरिएको छ। क्याम्पस व्यवस्थापन समितिले चार करोड रुपियाँ दायित्व भुक्तानीमा समस्या देखिएपछि आर्थिक सङ्कटकाल घोषणा गर्ने निर्णय गरेको हो। विश्वविद्यालय अनुदान आयोगद्वारा क्युएए प्रमाणित जिल्लाकै पुरानो शैक्षिक धरोहरका रूपमा परिचित यस क्याम्पसलाई आर्थिक सङ्कटबाट जोगाउन सङ्कटकाल घोषणा गरिएको व्यवस्थापन समितिका अध्यक्ष हुमकान्त कोइरालाले बताउनुभयो।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले प्रतिकूल मौसमका कारण बर्सेनि हुने खडेरी तथा सुक्खालाई मध्यनजर गर्दै सुक्खा सहन सक्ने धानका जातको विकासमा जोड दिएको छ । चाहिएका बेला पानी नपर्ने, नचाहिएका बेला पानी पर्ने हुनाले किसान समस्यामा परेका छन् । त्यसको मध्यनजर गर्दै सुक्खा तथा कम सिँचाइ हुने ठाउँमा कसरी धान उत्पादन गर्न सकिन्छ, त्यसका लागि विभिन्न जातको विकासमा लागेको नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको बताउनुभएको छ । राजधानीमा आयोजित व्यवसाय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले यसलाई प्रस्ट पारेकोसमेत बताउनुभयो ।
यो वर्ष अहिलेसम्म खोलामा बाढी नआएकाले सर्लाहीको चुरे भेगमा खोलाको बगरबाटै यातायात सञ्चालन भइरहेका छन्। सडक नपुगेको जिल्लाको उत्तरी चुरे भेगका विकट बस्तीमा हिउँदयामभर खोलाको बगरबाट यातायात सञ्चालन हुन्छन्। लालबन्दी नगरपालिकाको वडा नं. १४ नारायण खोला, वडा नं. १५ परवानीपुरको माथिल्लो भेग, ईश्वरपुर नगरपालिका वडा नं. १२ पिपदमार र हरिवन नगरपालिका वडा नं. १ को माथिल्लो चुरेबस्तीमा खोलाको बगर हुँदै आवतजावत गर्नुपर्ने बाध्यता छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमसञ्चार माध्यममा तथ्यपरक र एकरूपता हुनुपर्ने बताउनुभएको छ। राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहाँले समान घटनामा फरक तथ्यसहित फरक समाचार आउन नहुने बताउनुभयो। “एउटै घटनाका बारेमा जति वटा मिडिया हे-यो, उति किसिमका समाचार आएका हुन्छन्। यस्ता कुराले जनतामा भ्रम उत्पन्न गर्छ। त्यसैले विचारमा आफ्नो मत जाहेर गरे पनि समाचारमा एकरूपता हुनुपर्छ,” उहाँले भन्नुभयो।
जारी सिजनमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिए पनि बाटो नबनेका कारण आरोहण अवधि छोटिने भएको छ । विगतका वर्षमा यति बेला आरोहणका लागि (डोरी टाँग्ने) बाटो तयार भइसकेका हुन्थे तर यस पटक प्रतिकूल मौसमका कारण बाटो तयार नहुँदा आरोहण अवधि छोटिने भएको हो ।
गोरखापत्र प्रकाशनको १२३ औँ वर्ष प्रवेश तथा संस्थानको ६१ औँ वार्षिकोत्सवको अवसरमा आइतबार राष्ट्रिय सभागृहमा पुराना तस्बिर प्रदर्शनी गरिएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तस्बिरहरूको अवलोकन गर्नुभयो । सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तस्बिरहरूबारे जिज्ञाशा राख्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयक अन्तव्रिर्mया सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘चित्रकलामा चलचित्र र चलचित्रमा चित्रकला’ विषयमा आफ्नो धारणा राख्नुभयो । उहाँले कार्यव्रmमपछि आफू पुन जागृत भएर चित्र रचना गर्नेतर्फ अग्रसर हुने बताउनुभयो ।
बुद्ध जयन्तीको अवसरमा मन्दिरमा चालिस मिटरको लिङ्गो गाड्ने चलन हुम्लामा अहिले पनि निरन्तर रूपमा चलिरहेको छ । दुई वर्षको अन्तरालमा लिङ्गो गाडिँदै आएको छ । सिमकोट गाउँपालिका–७ मा पर्ने डाँडाफया गाउँमा चालिस मिटर लामो लिङ्गो मन्दिरमा गाडेर देवतालाई खुसी पार्ने प्रचलन अनुसार सो गरिएको हो ।