जिल्लाको दुर्गम बस्ती ताजाकोट गाउँपालिका –३ को मासपुुर गाउँका लक्षणदेखि बाह्र जना बिरामीको औलो रोगको नमुना सङ्कलन गरिएको छ ।
सङ्घीय संसद्को आजको संयुक्त बैठकले ‘सङ्घीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
तातो हावापानी रहेको कैलालीमा लटरम्म स्याउ फलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका –९ प्रतापपुर एकलघरुवामा कृषक गोकर्ण ओलीले लटरम्म स्याउ फलाउनु भएको हो ।
न्युरोड टिम (एनआरटी) र विभागीय टोली एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा जित निकालेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गर्नुभएको छ ।
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग पराजित भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर एक हजार नौ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो ।
दोलखाको तामाकोसी गाउँपालिकाले स्वैच्छिक अवकाश लिने शिक्षक लाई तीन लाख रुपियाँ दिने निर्णय गरेको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घले स्वास्थ्यकर्मीमाथि भएको अपमानजनक व्यवहारको विरोध गरेको छ।
थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गतेबाट नाटक ‘बुद्ध र भिखारी’ मञ्चन हुने भएको छ । नेपाली लोककथामा आधारित यस नाटकलाई छायाँ (स्याडो) को माध्यमबाट देखाइनेछ ।
पाल्पामा दुई जना पुरुषको मृत्यु भएको छ । जिल्लाको रामपुरका एक जना र पूर्वखोलाका एक जना गरी दुई जना पुरुषको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बाजुरामा हिजो राति आएको हावाहुरीका कारण अधिकांश घरमा ठुलो क्षति पुगेको छ । गए राति ११ बजे चलेको हावाहुरीले बाजुराका बूढीगङ्गा नगरपालिका –१० सिगाडामा क्षति गरेको हो ।
भोटो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार सार्वजनिक बिदा दिएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा जारी छलफलमा भाग लिँदै सांसद प्रकाशमान सिंहले नागरिकको जीवनस्तरसँग जोडिएका योजना र कार्यक्रम बजेटको प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ।
सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।