जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्नुहुँदै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न, नगराउन निर्देशन दिएको हो ।
बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घट्दै गएको किसानको भनाइ छ ।
कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्रयाक्टर ।
भेरी अस्पताल नेपालगञ्जको नयाँ ओपिडी भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालमा आंशिक सेवा सञ्चालनको तयारी गरिएको छ ।
बुटवलमा भएको दुई दिने रोजगार मेलामा साढे पाँच सय जनाले रोजगारीका लागि आवेदन परेको छ ।
मुम्बई इन्डियन्स १६औँ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । चेन्नइमा बुधबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
कपिलवस्तुका एक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा चेकजाँच गर्न सुरु भएको छ । विद्यार्थीलाई लक्षित गर्दै नेपाल नेत्र ज्योति सङ्घ तौलिहवा आँखा अस्पतालले कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट आँखा चेकजाँच गर्न सुरु भएको हो ।
कोपा इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई २-१ गोलले हराउँदै उपाधि जितेको हो ।
दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट वञ्चित भएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) ले गणतन्त्र दिवस–२०८० का अवसरमा आज (बिहीबार) देखि तस्बिर प्रदर्शनी सुरु भएको छ ।
दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएको बताइएको छ ।
जिल्ला अदालत धादिङले बलात्कार मुद्दाको फैसला नौ वर्षपछि गरेको छ । दुई वर्षभन्दा बढी समय मुद्दा फैसला गर्ने समय राख्न नहुने बताए पनि निरन्तर सुनुवाइ गर्नुपर्ने विषयको बलात्कार मुद्दाको फैसला हुनका लागि नौ वर्षसम्म समय लागेको छ ।