• १३ साउन २०८१, आइतबार

जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, आठ घाइते

blog

रुकुम पश्चिम, जेठ ११ गते । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएको बताइएको छ । 

घटनास्थलबाट सानीभेरी गाउँपालिका -३ का नवराज पुनले दिनुभएको जानकारी अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ मेल चौरबाट दुलीहुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ज१७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर सानीभेरी गाउँपालिका -५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाठा, बाँफिकोट गाउँपालिका -८ की रेखा खत्री र उहाँको छोराको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत लैजाने तयारी भइरहेको छ । दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमै केहीको मृत्यु भएको बताइएता पनि जिल्ला अस्पताल सल्ले ल्याउँदै गरेकोले मृतक घोषणा हुन बाँकी रहेको छ । 

जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । 

Author

राजु लामिछाने