युद्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाईका कारण इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ ।
क्यानडा र साउदी अरबले कूटनीतिक सम्बन्ध पुनः स्थापना गरेका छन् । दुवै देशले नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको देशको कूटनीतिक तथा कन्सुलर सम्बन्धको व्यवस्थापन गर्ने ग्लोबल अफेयर्स क्यानडाले बुधबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।
ताप्लेजुङमा बिहीबार बिहान स्कारपियो जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –६ मा मे १ च ७३५३ नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको हो ।
विकास निर्माणमा अझै पनि पिछडिएको र दुर्गम मानिने बाँकेको राप्तीसोनारी गाउँपालिकामा दुई पुल र सात सडक निर्माणका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।
प्रभावकारी संसदीय अभ्यास तथा कानुन निर्माणमा प्रदेश सभा सदस्यहरूको भूमिका विषयक दुई दिने अभिमुखीकरण कार्यक्रम बिहीबारदेखि धनगढीमा सुरु भएको छ ।
अफरअनुसार दर्शकले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो सुविधा नेपाल भरका दर्शकमा लागु हुनेछ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरूको थप अनुसन्धान भइरहेको बताउनुभएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका –७ करैचाका खुश्बु चौधरी एक वर्षदेखि अज्ञात रोगका कारण थला पर्नुभएको छ । विवाहित २२ वर्षीया खुश्बुको एकाएक खुट्टामा पानीको फोका उठ्ने फुट्ने र घाउ फैलँदै जानथालेपछि दुवै खुट्टा काम नगर्ने अवस्थामा पुगेको छ ।
मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित हुनुभएको छ ।
अल्लु अर्जुन र रश्मिका मन्डना अभिनीत दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ डिसेम्बर २२ मा प्रदर्शन हुने भएको छ ।
लुकिछिपी यौन धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन भोलि जेठ १२ गते शुक्रबारदेखि हुनेभएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
रियल म्याड्रिडले स्पेनिस ला लिगामा सफलता निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २-१ गोलले हरायो ।