• ११ पुस २०८१, बिहिबार

सञ्चारमन्त्री शर्माद्वारा राससमा तस्बिर प्रदर्शनीको उद्घाटन

blog

भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : रासस

काठमाडौं, जेठ ११  गते । राष्ट्रिय समाचार समिति (रासस) ले गणतन्त्र दिवस–२०८० का अवसरमा आज (बिहीबार) देखि तस्बिर प्रदर्शनी सुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृति: हाम्रो सम्पदा’ शीर्षक प्रदर्शनीको आज उद्घाटन गर्नुभयो ।

भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा आयोजित प्रदर्शनी यही जेठ १७ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सातै प्रदेश एवम् काठमाडौं उपत्यकाका गरी ७७ तस्बिर समाविष्ट गरिएको छ । राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजिया जस्ता मूर्त–अमूर्त संस्कृति एवम् सम्पदासम्बन्धी तस्बिर प्रदर्शनीमा राखिएको छ ।

मुलुकका सबै भूगोलमा बस्ने सम्पूर्ण जाति, जनजाति, भाषाभाषी, सम्प्रदाय एवम् धर्मावलम्बीलाई एउटै राष्ट्रिय भावधारामा समाहित गर्न रासस सांस्कृतिक तस्बिर प्रदर्शनीले योगदान पुर्‍याउने विश्वास गरिएको छ । संस्थाले यसअघि पनि आफ्ना वार्षिकोत्सव समारोहमा तस्बिर प्रदर्शनी गर्दै आएको छ । मन्त्री शर्माले प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

राज्यद्वारा सञ्चालित  राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो समाचार सेवामासेमत वृद्धि गर्ने क्रममा साउन १ गतेदेखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ ।

विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र अडियो सेवासँगै  श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको छ । रासस