मधेश प्रदेशका अर्थमन्त्री सञ्जय यादवले राष्ट्रको भविष्य निर्माण गर्नमा यथार्थ तथ्याङ्कको विशेष महत्त्व रहेको बताउनुभएको छ ।
ग्यास जलनबाट घाइते भएर लामो समयसम्म उपचार गराउनुभएका सांसद चन्द्रकान्त भण्डारीले बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचारी र अपराधीलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममा केही धेरै विषय समावेश भए पनि केही विषय छुटेको बताउनुभएको छ।
काजकिस्तान समूह विजेता बन्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति बैतडीमा हावाहुरीसहित चट्याङ पर्दा पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा गाई, भैँसी र बाख्रा मरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा देशमा गरिखाने वातावरण नदेखिएको स्पष्ट हुने बताउनुभएको छ।
हावाहुरीका कारण सुर्खेतको पश्चिम क्षेत्रमा ठुलो क्षति भएको छ । सोमबार रातिको भीषण हावाहुरीका कारण सयौँ व्यक्तिको घरमा क्षति पुगेको छ । यस्तै विभिन्न कार्यालयका भौतिक संरचनामा समेत क्षति पुगेको छ ।
भीरकान्ला छेउमै एक कोठाको कच्ची घर, त्यही घर पनि ऐलानी जग्गामा रहेको छ । तुलसीपुर उपमहानगरपालिका –६ गौरीडाँडाका सुन्तली नेपाली सात दशक पूरा गर्नुभएको छ भने तुलसीराम आठ दशकमा टेक्दै हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशलाई केन्द्रमा राखेर नै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने जानकारी दिनुभएको छ ।
चार खेल अगावै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको बार्सिलोनाले उपाधि पछि लगातार दोस्रो हार खेपेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना रियल भालाडोलिडसँग उसैको मैदानमा ३-१ गोलले पराजित भयो ।
तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका–१ का मीनबहादुर दरैले मल आएपछि यसपालि त बालीनाली राम्रो हुने आशा जागेको बताउनुभयो ।
बेलायतको वार्षिक मुद्रास्फीति दर अप्रिलमा आठ महिनाको सबैभन्दा कम ८.७ प्रतिशतमा झरेको छ र ऊर्जाको मूल्य एक वर्ष पहिलेको तुलनामा निकै कमजोर भएको सरकारी तथ्याङ्कले बुधबार सार्वजनिक गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।
गर्भवती महिलाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध बीपी राजमार्ग बुधबार दिउँसोदेखि सुचारु भएको छ ।