झापामा एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ३ गते राति झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा लगातार श्रृङ्खलाबद्ध रूपमा चार वटा सटर फोडी चोरी भएको थियो ।
सिमकोट र खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बस्तीमा पुगेर स्पेनिस चिकित्सक मार्ताले बिरामीको निःशुल्क उपचार गर्नुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
नदीमा बनिरहेको पुल बीच नदीमा पुगेर रोकिन्छन्, वर्षौंवर्षसम्म,
जाजरकोटको भेरी नगरपालिका–२ तिमीलेका बेपत्ता भनिएका एक व्यक्ति २४ वर्षपछि सम्पर्कमा आएका छन् । वि.सं. २०५६ देखि हालसम्म बेपत्ता हुनुभएका टिकाराम पुन २४ वर्षपछि सम्पर्कमा आउनु भएको हो ।
जलिरहेको चितामाथिको आकाशमा सकी नसकी उडिरहेको कालो र बाक्लो
प्रथम विश्वयुद्ध देशहरूबीचको लडाइँ मात्र थिएन, यो साम्राज्यवादीबीच वर्चस्वको सङ्घर्ष पनि थियो। बेलायत, फ्रान्सजस्ता पश्चिम युरोपका साम्राज्यवादीको विश्वमा अन्यत्र कैयौँ उपनिवेश थिए भने अस्ट्रिया–हङ्गेरी र रुसजस्ता पूर्वी युरोपका साम्राज्यवादीले जमिन जोडिएका युरोपेली तथा उत्तर एसियाली क्षेत्रहरूमा आफ्नो शासन सञ्चालन गरिरहेका थिए।
बागमती प्रदेश सरकारले विविध कार्यक्रमको आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाउने भएको छ । प्रदेश स्तरमा गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।
अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर पुग्न मौरिस हर्जोग ट्रेकको विकास गरिएको छ । पदयात्राका लागि सुरक्षित र छोटो समयमा आधार शिविरमा पुग्ने पदमार्ग हो ।
सूर्य, संसारकै दृष्टिमा छ तर छैनन् धरतीका कुनाकाप्चा
विश्वको एक सर्वाधिक लोकप्रिय पेय पदार्थ कोकाकोलासँग असामान्य इतिहासको गाथा पनि छ। सन् १८६६ मा अमेरिकी औषधिविज्ञ जोन पेम्बर्टन दुखाई कम गर्ने औषधि ‘पेनकिलर’ बनाउने प्रयासमा लागेका थिए। गृहयुद्धमा पेम्बर्टनलाई नराम्रोसँग चोट लागेको थियो। जस कारण उनले पीडाबाट मुक्ति पाउन अफिममा आधारित मर्फिनको सहारा लिनु पर्ने भयो तर पेम्बर्टन अफिम नभएको वैकल्पिक पीडाहरक औषधि बनाउन चाहन्थे।
सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।
बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका –४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरूको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो ।