• १३ साउन २०८१, आइतबार

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै

blog

सङ्घीय संसद्को संयुक्त बैठक । फाइल तस्बिर

काठमाडौं, जेठ १० गते । सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न आज अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउनुभएको हो । संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ ।

यसैगरी, प्रतिनिधि सभाको अर्को बैठक आजै ११ बजे बस्दै छ । प्रतिनिधि सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।