तराईमा तापक्रम बढेसँगै यहाँका कतिपय बस्तीमा खानेपानीको समस्या देखिएको छ। कैलालीको घोडाघोडी नगरपालिका–८, जरही गाउँ पनि यस्तै समस्या भोग्नेमा एक हो। स्थानीय सरकारको पहलमा सामूहिक खानेपानीको व्यवस्था गरिए पनि उच्च तापक्रमका कारण पानीको स्रोत घट्दा तथा बिजुलीको पावर कम भएपछि सो बस्तीका पाँच सय घरधुरी परिवारलाई खानेपानीको जोहो गर्न धौ धौ परेको छ। सुखड बजारदेखि करिब १५ किलोमिटरको दूरीमा रहेको जरही दुर्गम गाउँ हो। २०६४ सालको बाढीबाट विस्थापित धेरै परिवारको सो गाउँमा बसोबास छ।
सामुदायिक विद्यालयको शिक्षामा सुधार आएसँगै विद्यार्थी सङ्ख्या बढ्न थालेको छ। सामुदायिक विद्यालयमा समेत अङ्ग्रेजी माध्यममा अध्यापन गरिन थालेपछि विद्यार्थी चाप बढ्न थालेको बताइन्छ। वीरेन्द्रनगर नगरपालिका–१२ स्थित अमरज्योति नमुना माध्यमिक विद्यालयमा यस शैक्षिक सत्रमा २२५ विद्यार्थी थपिए।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएका जनप्रतिनिधिले कार्यभार सम्हालेको मङ्गलबार एक वर्ष पूरा भएको अवसरमा ४९ बुँदे प्रगति विवरण सार्वजनिक गरिएको छ। २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डे प्रमुख र नेकपा (एमाले) का सावित्रादेवी अर्याल उपप्रमुखमा निर्वाचित हुनुभएको थियो।
म्याग्दीको सदरमुकाम बेनीदेखि पर्वतको जलजला गाउँपालिका–२ र ३ नम्बर वडा बगरफाँटको बस्तीलाई जोड्ने बेलिब्रिज तीन महिनामा तयार भएको छ। बेनी नगरपालिका वडा नम्बर–८, कालीपुलदेखि बगरफाँट बस्तीलाई जोड्न गत फागुन १७ गते कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण थालिएको थियो। बेलिब्रिजका लागि नदी किनारको वारिपारि पक्की वाल निर्माण गरिएको छ।
हावाहुरीसँगै आएको असिना पानीले तनहुँमा ठुलो क्षति पुगेको छ। तनहुँमा केही दिनदेखि आएको असिना पानी र हावाहुरीले फलफूल तथा अन्य बालीमा क्षति पु¥याएपछि कृषक चिन्तित भएका छन्। पाक्न लागेको धान, हुर्कंदै गरेका मकै, सुन्तला, कागती तथा तरकारीको पकेट क्षेत्रमा लगाइएको फलफूल तथा तरकारी बालीमा ठूलो क्षति पु-याएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।
निर्माण कम्पनीको लापरबाहीका कारण हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडा स्वास्थ्य चौकी भाडाको साँघुरो कोठामा सञ्चालन हुँदै आइरहेको छ। स्वास्थ्य चौकीको आफ्नै भवन ठेकेदार कम्पनीले अलपत्र अवस्थामा छाडिदिएपछि यो अवस्था आएको हो। गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन २७ गतेभित्र सम्पन्न गर्ने गरी २०७७ मङ्सिर ११ गते बाहुनीडाँडा स्वास्थ्य चौकीको भवन निर्माणको सम्झौता गरेको थियो। सम्झौता भएको मितिमा काम सम्पन्न नभएपछि दोस्रो पटक थप भएको म्याद पनि २०७९ माघ २ गते सकिएको छ। एक वर्षयता भवन अलपत्र अवस्थामा छ। अझै म्याद थप गर्न कम्पनीले माग गरिरहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका इन्जिनियर सुशील चौधरीले बताउनुभयो। ठेकेदारका प्रतिनिधिले काम गर्नुको सट्टा हाकिमको सरुवा गरेपछि मात्र काम
काठमाडौँका चोभारमा रहेको चोभार सुक्खा बन्दरगाह सञ्चालन गर्न निजी क्षेत्रसँग छलफल भएको छ । इन्टरमोडल यातायात विकास समितिले चोभार बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, नाडा अटोमोबाइल एसोसिएसनलगायतका सरोकारवाला निकायसँग छलफल गरेको हो । आयात निर्यात सहजीकरण गर्ने उद्देश्यका साथ चोभारमा सुक्खा बन्दरगाह निर्माण भई २०७८ चैत २२ देखि सञ्चालनमा आए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । समितिले निजी क्षेत्रलाई चोभार सञ्चालनको जिम्मा दिने तयारी गरेको जनाएको छ ।
१. नेपालमा बनेको विद्युतीय मोटरसाइकल कहिलेदेखि दर्ता गर्न थालिएको हो ? विसं २०८० जेठ १ – यातायात व्यवस्था कार्यालयले यात्री पी–१ मोटरसाइकल दर्ता गरेको । – यात्री मोटरसाइकलका अनुसार यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१ को ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५०’ नम्बरको बाइक पूर्ण रूपमा नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको । – विद्युतीय मोटरसाइकल बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका प्र
सार्वजनिक निकायमा ई–जिपीको प्रयोग १. विद्युतीय खरिद प्रणाली (ई–जिपी) भनेको के हो ? सार्वजनिक निकायमा विद्युतीय खरिद प्रणालीको प्रयोग सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाहरू जानकारी गराउँदै यस प्रणालीको उपयोगबाट हुने फाइदाहरू उल्लेख गर्नुहोस् । सार्वजनिक खरिद कार्यलाई विद्युतीय प्रणालीमा आबद्ध गराई खरिद प्रव्रिmयालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयले स्थापना, सञ्चालन र व्यवस्थापन गरेको अनलाइन सफ्टवेयर प्रणालीलाई विद्युतीय खरिद प्रणाली (ई–जिपी) भनिन्छ । सार्वजनिक खरिद ऐन र नियमावलीले गरेको व्यवस्था कार्यान्वयन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयले साबिकमा रहेका विभिन्न पोर्टलको विस्थापन गरी एकल पोर्टल स्थापना गरेको छ । सार्वजनिक खरिदको योजना निर्मा
गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकमाझ आइपुग्नुभएको छ । पब्लिकेसन नेपालयबाट प्रकाशित भोजपुरेको पुस्तक ‘मुसुक्क म’ मा १०८ वटा लघुकथाको सङ्ग्रह रहेको छ । लघुकथाका अधिकांश कथा एउटै पानामै सकिएका छन् । अझ कतिपय त एक/दुई अनुच्छेदमै अभिव्यक्त भएका कथाको सिङ्गो सङ्ग्रह एक बसाइँमै पढ्न सकिन्छ ।
फुलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ मा रहेको गीत सार्वजनिक गरिएको छ । भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक बिपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ । विस २०७२ को महाविनाशकारी भूकम्प र परिवार वियोगको कथावस्तु समेटिएको चलचित्रको गीतमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ भने चन्द्रकुमार दोङले सङ्गीत दिनुभएको छ ।
सिमकोटमा रहेको ठुलो चट्टानी ढुङ्गामाथि देवताको मन्दिर (माडु) निर्माण गरिएको छ । ढुङ्गाको सदुपयोग हुने र कलात्मक पनि देखिने भएपछि स्थानीयले मन्दिर निर्माण गरेका हुन् । सिमकोट गाउँपालिका–१ का वडाध्यक्ष गोर्खबहादुर लामाले ढुङ्गामाथि ल्वाखुट देवताको मन्दिर निर्माण गरिएको बताउनुभयो । यसअघि उक्त देवताको मन्दिर अन्यत्र रहेको थियो ।
भारतीय पर्यटकलाई नेपालमा भित्र्याउनका लागि चितवनका पर्यटन व्यवसायीको टोली चारदिने प्रचारात्मक कार्यक्रम गर्नका लागि भारत पुगेको छ । पर्यटन व्यवसायी भारतको पटना, बनारस र गोरखपुरका पर्यटन व्यवसायी, ट्राभल एजेन्सी, पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तिसँग नेपालको पर्यटकीय क्षेत्रको जानकारी दिन गएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहा, पर्यटन व्यवसायी सहभागी भएको टोलीले नेपालको सीमावर्ती क्षेत्रमा रहेका भारतका
बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रदेशका नागरिकको हितमा काम गर्न ध्यानाकर्षण गराएका छन्। बागमती प्रदेश सभाको मङ्गलबारबाट सुरु भएको दोस्रो अधिवेशनको पहिलो बैठकमा सभा सदस्यले ध्यानाकर्षण गराएका हुन्। नागरिकले अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा सभा सदस्यले जोड दिएका छन्। बैठकमा नेपाली कांग्रेस प्रदेश सभाका सदस्य कुन्दनराज काफ्लेले जनहित र सङ्घीयता कार्यान्वयन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताउनुभयो। उहाँले बजेट निर्माणमा अझै केन्द्रमा आश्रित हुने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भ्रष्टाचार र बिचौलिया बढेको सार्वजनिक रूपमा गुनासो आएको चर्चा गर्दै प्रदेश सरकारले पनि यसमा काम गर्न ध्यानाकर्षण गराउनुभयो।