• ७ मंसिर २०८१, शुक्रबार

लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

blog

सार्वजनिक निकायमा ई–जिपीको प्रयोग 

१. विद्युतीय खरिद प्रणाली (ई–जिपी) भनेको के हो ? सार्वजनिक निकायमा विद्युतीय खरिद प्रणालीको प्रयोग सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाहरू जानकारी गराउँदै यस प्रणालीको उपयोगबाट हुने फाइदाहरू उल्लेख गर्नुहोस् ।

सार्वजनिक खरिद कार्यलाई विद्युतीय प्रणालीमा आबद्ध गराई खरिद प्रव्रिmयालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयले स्थापना, सञ्चालन र व्यवस्थापन गरेको अनलाइन सफ्टवेयर प्रणालीलाई विद्युतीय खरिद प्रणाली (ई–जिपी) भनिन्छ । सार्वजनिक खरिद ऐन र नियमावलीले गरेको व्यवस्था कार्यान्वयन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयले साबिकमा रहेका विभिन्न पोर्टलको विस्थापन गरी एकल पोर्टल स्थापना गरेको छ । सार्वजनिक खरिदको योजना निर्माणदेखि खरिद सम्झौता व्यवस्थापन र भुक्तानीसम्मका विभिन्न चरणका कार्य अनलाइन प्रणालीबाटै सञ्चालन गर्ने गरी प्रणाली विकास भए पनि यसलाई पूर्ण रूपमा उपयोगमा ल्याउन भने सकिएको छैन । 

कानुनी व्यवस्था

क) सार्वजनिक खरिद ऐन, २०६३

विद्युतीय सञ्चारको माध्यमबाट खरिद कारोबार 

हुन सक्ने,

सार्वजनिक निकायले खरिदको कुनै वा सबै प्रव्रिmयामा विद्युतीय कार्यविधि प्रणाली मात्र अपनाउन सक्ने,

विद्युतीय प्रणालीबाट हुने खरिदको कार्यविधि, प्रणाली र सिद्धान्त सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेबमोजिम हुने ।

ख) सार्वजनिक खरिद नियमावली, २०६४

सार्वजनिक खरिद अनुगमन कार्यालयले एउटा मात्र पोर्टल रहने गरी विद्युतीय खरिद प्रणालीको स्थापना, सञ्चालन र व्यवस्थापन गर्ने,

सार्वजनिक निकायले विद्युतीय खरिद प्रणालीको पोर्टलमा दर्ता भई खरिद कारबाही सञ्चालन गर्नुपर्ने ।

ग) विद्युतीय खरिद प्रणाली सञ्चालन 

निर्देशिका, २०७४

सार्वजनिक निकायले जतिसुकै रकमको खरिदमा पनि विद्युतीय प्रणालीको मात्र प्रयोग गर्न सक्ने,

६० लाखभन्दा बढीको निर्माण कार्य वा मालसामान खरिदमा र २० लाखभन्दा बढीको परामर्श सेवा खरिदमा विद्युतीय प्रणालीको मात्र प्रयोग गर्नुपर्ने ।

घ) नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय

सार्वजनिक खरिद अनुगमन कार्यालयले स्थापना गरेको विद्युतीय खरिद प्रणालीको संवत् २०७४ साल साउन १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय, 

विद्युतीय खरिद प्रणाली उपयोगका फाइदा

सार्वजनिक खरिदमा हुने मिलेमतो, धम्की, भौतिक आव्रmमण जस्ता अनैतिक कार्य नियन्त्रणमा आउने,

सार्वजनिक खरिदमा प्रतिस्पर्धा, पारदर्शिता र विश्वसनीयता वृद्धि भई खरिदमा मितव्ययितता, कार्यकुशलता र प्रभावकारिता हासिल हुने,

सार्वजनिक खरिदमा राष्ट्रिय र अन्तर्राष्ट्रिय बोलपत्रदाता सबैका लागि पहुँच स्थापित हुने,

सार्वजनिक खरिद कार्यको अनुगमन र सुपरिवेक्षण गर्न सहज हुने,

सार्वजनिक खरिदसम्बन्धी अद्यावधिक सूचनाहरू उपलब्ध तथ्यमा आधारित निर्णय निर्माणमा सहज हुने,

आमनागरिकका लागि सार्वजनिक खरिदसम्बन्धी सूचनाहरूमा सहज र एकमुष्ठ पहुँच हुने,

निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता, सेवाप्रदायकको एकीकृत सूचनाहरू सङ्कलन भई कार्यक्षमता पहिचान गर्न सहज हुने,

सार्वजनिक निकायले सार्वजनिक खरिद ऐन र नियममा भएका व्यवस्थाहरू पालना गर्न गराउन सहज हुने ।

अन्त्यमा खरिदसम्बन्धी कानुनले व्यवस्था गरेको, छुट्टै विशिष्टीकृत संस्थाले व्यवस्थित गर्दै आएको र अन्तर्राष्ट्रियस्तरमा समेत असल अभ्यासका रूपमा स्थापित यस प्रणालीको उपयोगलाई बढाउँदै लैजान सकिएमा सार्वजनिक खरिदलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन सकिन्छ । यसका लागि विद्युतीय पूर्वाधार विकास र सरोकारवाला सबैको क्षमता विकास हुनु आवश्यक देखिन्छ ।


२. रोजगार सेवा केन्द्रका बारेमा जानकारी प्रस्तुत गर्दै यसका काम, कर्तव्य र अधिकारहरू उल्लेख गर्नुहोस् । 

बेरोजगार व्यक्तिको सूचना सङ्कलन, रोजगारीका अवसरहरूको पहिचान र सूचना प्रवाह, रोजगारदाताका लागि श्रमिक उपलब्धताको जानकारी र रोजगारसम्बन्धी अन्य सेवा प्रदान गर्न स्थानीय सरकार मातहत रहने गरी नेपाल सरकारले स्थापना गरेको निकाय रोजगार सेवा केन्द्र हो । रोजगारीको हकसम्बन्धी ऐन र नियमावलीले रोजगार सेवा केन्द्रको स्थापना, सञ्चालन तथा काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गरेका छन् । जस अनुसार प्रत्येक स्थानीय तहमा एक रोजगार सेवा केन्द्र रहने र सोको सञ्चालन गर्न नेपाल सरकारले रोजगार संयोजकको व्यवस्था गर्ने गर्दछ । केन्द्रको सञ्चालन गर्न स्थानीय तहले कामकाज गर्ने गरी आवश्यक कर्मचारी खटाउन सक्छन् । 

रोजगार सेवा केन्द्रका काम, कर्तव्य र अधिकार

स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अध्यावधिक गर्ने,

सूचीकृतलाई परिचयपत्र वितरण गर्ने,

स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरूको पहिचान गरी सूचना प्रवाह गर्ने,

रोजगारीको सम्भाव्य स्थितिको विश्लेषण गरी तथ्याङ्क सङ्कलन, रोजगार नक्साङ्कन र रोजगारीका अवसरको अभिलेखाङ्कन गर्ने,

रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने,

रोजगारदाताबाट माग भएबमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने,

बेरोजगार व्यक्तिको ज्ञान, सिप, योग्यता, अनुभव र बजार मागको आधारमा सिप विकास तालिमको पहिचान गरी तालिम केन्द्रमा सिफारिस गर्ने,

आफ्ना कामकारबाहीको गाउँ कार्यपालिका तथा नगर कार्यपालिकामा नियमित प्रतिवेदन गर्ने,

आफूले गरेको कामकारबाहीको सङ्घ र प्रदेशमा तोकिएको ढाँचामा प्रतिवेदन गर्ने,

आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूका लागि सूचना सम्प्रेषण गर्ने,

वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता वितरण कार्यमा सहयोग गर्ने,

बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने,

रोजगार सम्बन्धमा सरोकारवालालाई अन्य सेवा 

प्रदान गर्ने, नेपाल सरकारबाट निर्देशित अन्य कार्य गर्ने ।

अन्त्यमा सङ्घ र प्रदेशको साझा सूचीमा रहेको रोजगारी र बेरोजगार सहायतासम्बन्धी विषय र स्थानीय तहको एकल अधिकारको सूचीमा रहेको बेरोजगारको तथ्याङ्क सङ्कलनसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न तहगत सरकारबिच समन्वय र सहकार्य हुनु जरुरी छ । नागरिकको रोजगारीको हक र सोसम्बन्धी राज्यको दायित्वलाई सम्बोधन गर्न रोजगार सेवा केन्द्रको क्षमता विकास र प्रभावकारी कार्यसञ्चालन आवश्यक छ ।


३. सामुदायिक वन भन्नाले के बुझ्नुहुन्छ ? समुदायमा आधारित वन व्यवस्थापनको अवधारणा कार्यान्वनपश्चात् नेपालले हासिल गरेका उपलब्धिहरू उल्लेख गर्नुहोस् ।

स्थानीय समुदायको प्रत्यक्ष संलग्नतामा वन विकास, संरक्षण, उपयोग र व्यवस्थापन गर्ने गरी राज्यले हस्तान्तरण गरेको वनलाई सामुदायिक वन भनिन्छ । स्थानीयवासीले गठन गरेका वन उपभोक्ता समूहले सरकारसँग सम्झौता गरी सामुदायिक वन व्यवस्थापनको अधिकार र जिम्मेवारी प्राप्त गर्दछन् र समूहको चाहना र आवश्यकतामा आधारित भई वन व्यवस्थापन गर्न सामुदायिक वनको कार्ययोजना स्वीकृत गराई कार्यान्वयन गर्दछन् । प्राकृतिको स्रोतको उपयोग र संरक्षणमा निकटवर्ती समुदायको भूमिका र सरोकारलाई उजागर गर्न समुदायमा आधारित वन व्यवस्थापनको अवधारणा अघि सारिएको पाइन्छ । समुदायमा आधारित वन व्यवस्थापनको अवधारणाले निम्न कुरा समेट्दछ ः

वन व्यवस्थापनसम्बन्धी अधिकारको स्थानीय समुदायमा निक्षेपण,

सहभागितामूलक निर्णय निर्माण र कार्यान्वयन,

प्राकृतिक स्रोतको संरक्षणसहितको उपयोग,

स्थानीयवासीको जीवनस्तर सुधार,

वन उपभोक्ता समूहको क्षमता विकास,

वन व्यवस्थापनमा सरोकारवालाबिचको सहकार्य र साझेदारी ।

समुदायमा आधारित वन विकासको अवधारणा

कार्यान्वयनपश्चात् नेपालले हासिल गरेका उपलब्धि

क) आर्थिक क्षेत्रमा उपलब्धि

स्थानीयवासीको आम्दानीको स्रोतका रूपमा सामुदायिक वन रहेको,

वन उद्यम र पर्यापर्यटन कार्यव्रmम सञ्चालन गरी आय सिर्जना गर्ने अवस्था रहेको,

वन पैदावारमा आधारित उद्योगका लागि कच्चा पदार्थ प्राप्त गर्न सकिने अवस्था रहेको,

वनमा आधारित उद्योगबाट रोजगारीका अवसरहरू सिर्जना भएको,

कार्बन व्यापारबाट आर्थिक लाभ लिन सकिने अवस्था रहेको,

स्थानीय सरकारलाई वन संरक्षणका कार्यव्रmममा खर्च गर्नका लागि वित्तीय स्रोत प्राप्त हुने अवस्था रहेको ।

ख) सामाजिक क्षेत्रमा उपलब्धि

शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ जस्ता सामाजिक पूर्वाधार निर्माणमा सामुदायिक वन व्यवस्थापनबाट प्राप्त आम्दानीको उपयोग हुने गरेको,

वन संरक्षणसँगै धार्मिक, सांस्कृतिक मूल्य, मान्यताको पुस्तान्तरण भएको,

वन उपभोक्ता समूहहरूमा आबद्ध भई समाजको सेवा गर्ने भावना विकास भएको, 

लोकतन्त्र, सार्वजनिक उत्तरदायित्व, पारदर्शिता जस्ता विषयमा जानकार र सामाजिक रूपान्तरणको नेतृत्व लिन सक्ने व्यक्तिहरू उत्पादन गरेको । 

ग) पर्यावरणीय उपलब्धि

बाढी, पहिरो र भूक्षय नियन्त्रणमा सहयोग पुगेको,

जैविक विविधता र जलाधारको संरक्षणमा सहयोग पुगेको,

पारिस्थितिक प्रणालीको सञ्चालनबाट पर्यावरणीय सन्तुलन कायम गर्न सहयोग पुगेको,

वन क्षेत्र विस्तारसँगै कार्बन सञ्चिति क्षमता अभिवृद्धि भएको ।

घ) प्राज्ञिक अध्ययन र अनुसन्धानको विषयका 

रूपमा पहिचान

जनसहभागितामा आधारित प्राकृतिक स्रोत संरक्षण गर्ने सफल मोडेलका रूपमा पहिचान बनाएको,

विश्वविद्यालय तथा अन्य अनुसन्धानमूलक संस्थाका लागि प्राज्ञिक अध्ययनको विषय रहेको,

विद्यावारिधि गर्ने विद्यार्थीमाझ समुदायमा आधारित वन व्यवस्थापनको विषय रोजाइमा पर्ने गरेको,

ङ) अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय सम्मान अभिवृद्धि

नेपालले लिएको नीतिगत अग्रणीको सफल कार्यान्वयन भई विश्वव्यापी पहिचान भएको,

भारत, बङ्गलादेशलगायतका दक्षिण एसियाली मुलुकले नेपालको वन व्यवस्थापनको मोडेललाई अनुसरण गरेका,

विभिन्न विकासोन्मुख मुलुकबाट नेपालको अभ्यासको अध्ययन गर्न नीतिगत तहमा काम गर्ने व्यक्तिहरू भ्रमणमा आउने गरेका,

अन्तर्राष्ट्रियस्तरबाट प्रकाशित जर्नलहरूमा नेपालको सामुदायिक वन विकासको विषयमा लेखहरू प्रकाशित भएका,

नोबेल पुरस्कार विजेता एलिनर ओस्ट्रमद्वारा नेपालको समुदायमा आधारित वन व्यवस्थापनसमेतको अध्ययन गरी सार्वजनिक सम्पत्ति व्यवस्थापनसम्बन्धी सिद्धान्त प्रतिपादन भई नेपालप्रति विश्वको ध्यानाकर्षण भएको ।

अन्त्यमा राज्यले स्थानीय समुदायलाई विश्वास गरी वन विकास र व्यवस्थापनमा सहभागी गराउने कार्यस्वरूप समुदायमा आधारित वन विकास कार्यव्रmम लागु गरिएको पाइन्छ । नेपालले नीतिगत नेतृत्व लिएको यस प्रकारका कार्यव्रmमलाई थप प्रभावकारी बनाउन उपभोक्ता समूहको क्षमता विकास, संस्थागत सुशासन प्रवर्धन र नीतिगत प्रोत्साहनको आवश्यकता पर्दछ ।


४. नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हकहरूमध्ये महिलाको हकसम्बन्धी व्यवस्थाबारे जानकारी गराउनुहोस् ।

नेपालको संविधानको धारा ३८ मा मौलिक हकका रूपमा महिलाको हकसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । उक्त व्यवस्थालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :

प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुने,

प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने,

महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने,

त्यस प्रकारको हिंसाजन्य कार्य वा शोषण कानुनबमोजिम दण्डनीय हुने र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने,

राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने,

महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुने,

सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुने ।


५. वातावरण व्यवस्थापन भन्नाले के बुझ्नुहुन्छ ? वातावरण व्यवस्थापनमा सरकार र सरकारबाहिरका निकायको भूमिका उल्लेख गर्नुहोस् ।

वातावरणका अवयवहरूबिचको अन्तरसम्बन्ध र सहअस्तित्वलाई बिग्रन नदिई मुलुकको आर्थिक, सामाजिक रूपान्तरण गर्न तय गरिएका नीति, संरचना, कार्यप्रणाली एवं व्यवहारको समुच्च रूपलाई वातावरण व्यवस्थापन भनिन्छ । यसले जनसङ्ख्या, वातावरण र विकासबिच उचित तालमेल मिलाउँदै मानवीय व्रिmयाकलाप र विकास निर्माणका गतिविधि सञ्चालन गर्नुपर्ने मान्यता आत्मसात् गर्दछ । 

वातावरण व्यवस्थापनमा सरकार र सरकारबाहिरका

निकायको भूमिका 

सरकारको भूमिका 

नीति, कानुन, मापदण्डको तर्जुमा र कार्यान्वयन गर्ने,

नीति, कानुन एवं मापदण्ड कार्यान्वयन अवस्थाको अनुगमन र मूल्याङ्कन गर्ने,

नियमनकारी भूमिका सुदृढ पार्न संस्थागत क्षमता विकास गर्ने,

हरित अर्थतन्त्रको विकासका लागि कर छुट, सहुलियत र सुविधा घोषणा गर्ने एवं पुँजी र प्रविधि उपलब्ध गराउने,

वातावरण व्यवस्थापन सम्बद्ध अन्तर्राष्ट्रिय सङ्घ, संस्थासँग सम्पर्क, समन्वय र सहकार्य गर्ने,

वातावरण व्यवस्थापनमा सरकारी निकाय र सरकारबाहिरका निकायसँग समन्वय र सहकार्य गर्ने,

वातावरण व्यवस्थापनमा तीन तहका सरकारबिच नीति, कानुन, योजना र कार्यव्रmमबिच सामञ्जस्यता कायम गर्ने ।

सरकारबाहिरका निकायको भूमिका

क) निजी क्षेत्रको भूमिका 

सरकारको नीतिगत परिधिभित्र रही औद्योगिक, व्यापारिक एवं व्यावसायिक गतिविधि सञ्चालन गर्ने,

वातावरणमैत्री उत्पादन, वितरण र उपभोग प्रवर्धन गर्ने,

हरित अर्थतन्त्रको विकास र विस्तारका लागि लगानी वृद्धि गर्ने, वैदेशिक लगानीकर्तासँग रणनीतिक साझेदारी गर्ने,

संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वातावरण संरक्षणका कार्यव्रmम सञ्चालन गर्ने ।

ख) सहकारी, गैसस र सामुदायिक सङ्गठनको भूमिका

वन क्षेत्रको संरक्षण, संवर्धन र विकासका लागि सरकारसँग सहकार्य गर्ने,

वातावरणीय स्वच्छता र सामुदायिक स्वास्थ्य प्रवर्धन गर्न अभियान चलाउने,

सामुदायिक र व्यक्तिगत तहमा वातावरणमैत्री जीवनशैलीप्रति आकर्षित गर्न जनचेतना जगाउने,

वातावरणीय दिगोपना, जैविक विविधता र जलाधार संरक्षण, जलवायु परिवर्तन अनुकूलनलगायतका विषयमा बहस पैरवी गर्ने र अभियान सञ्चालन गर्ने,

कृषि सहकारीले वातावरणमैत्री प्रविधि प्रयोग गरी कृषि उत्पादनमा केन्द्रित हुने,

सहकारीमार्फत प्राङ्गारिक कृषिमा लगानी विस्तार गर्दै रैथाने प्रजातिको विकास, संरक्षण र संवर्धनमा सरकारसँग सहकार्य गर्ने, वातावरण व्यवस्थापन सम्बन्धमा सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने ।

अन्त्यमा वातावरण व्यवस्थापन कुनै एक मुलुकको मात्र नभई विश्वव्यापी सरोकारको विषय हो । सरकारको एकल प्रयासबाट नभई निजी क्षेत्र, सामुदायिक सङ्गठन, घरपरिवार तथा आमनागरिकको साझा प्रयास (होल अफ द सोसाइटी एप्रोच) बाट यसलाई प्रभावकारी बनाउन सकिन्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा