काठमाडौं, जेठ १० गते । थापागाउँस्थित मण्डला थिएटरमा जेठ १६ गतेबाट नाटक ‘बुद्ध र भिखारी’ मञ्चन हुने भएको छ । नेपाली लोककथामा आधारित यस नाटकलाई छायाँ (स्याडो) को माध्यमबाट देखाइनेछ ।
चुलाभुली थिएटरको प्रस्तुति रहेको नाटकमा चेतन आङथुपोको नाट्य रूपान्तरण र अनिल सुब्बाको परिकल्पना र निर्देशन रहेको छ । यसअघि यो नाटक नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव र बुद्ध थिएटर फेस्टिभलमा मञ्चन गरिएको थियो ।
नाटकमा वेदना राई, प्रतिना राई, नवीन चन्द्र अर्याल, सुनिल तामाङ, रमिता राई, रूपेश लामा, गणेश ताण्डव, सौजन सेनेहाङ लिम्बु, सञ्जीव योगी, मनिष मगर लगायतको अभिनय छ ।
यो नाटक जेठ ३२ गतेसम्म मञ्चन हुनेछ ।