• २४ वैशाख २०८२, बुधबार

दुई पुरुषको लडेर मृत्यु

blog

रेखीराम राना

पाल्पा, जेठ १० गते । पाल्पामा दुई जना पुरुषको मृत्यु भएको छ । जिल्लाको रामपुरका एक जना र पूर्वखोलाका एक जना गरी दुई जना पुरुषको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

जिल्लाको रामपुर –५, भम्बक बस्ने ६८ वर्षका प्रेमलाल डोटेलको लडेर उपचारको क्रममा मृत्यु भएको छ । डोटेलले मादक पदार्थ सेवन गरी घरमै लड्दा गम्भीर घाइते हुनुभएको थियो । उहाँको रामपुर अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

यस्तै, जिल्लाको पूर्वखोला –५, वीरकोट बस्ने ७४ वर्षका हरिराम पुनको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । गत जेठ ३ गते घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते हुनुभएका पुनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत रहनुभएको थियो ।