शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ ।
जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि हुने खेलमा नेपालले आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो ।
गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा निर्माणधिन धनसार भत्किँदा एक महिलाको ज्यान गएको छ । जङ्गबहादुर बरामको निर्माणाधिन धन्सार भत्किदाँ उहाँकी श्रीमती ४१ वर्षीय मिना बरामको ज्यान गएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ ले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई प्रोत्साहन भत्ता दिने योजना अघि सारेको छ ।
प्युठानमा ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा रहेका धान खेती हुने खेतहरुमध्ये ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले जनाएको छ ।
उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ । उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् ।
धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वरमा सजिएको ‘नदेख्दा तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सडकले सुविधा दिन्छ कि सास्ती ? विकासको आधारभूत सर्त मानिने सडकले सुविधा दिनुपर्ने हो, तर रिब्दिकोट गाउँपालिकाको क्षेत्रमा पर्ने सडक सर्वसाधारणका लागि सुविधाभन्दा पनि बढी सास्ती बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । बायोमास ओभल क्रिकेट मैदानमा मंगलबार घरेलु टोली मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालको यो लगातार तेस्रो उपाधि हो ।
अर्घाखाँचीको पणेनामा आज (मङ्गलबार) बिहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।
सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
नरेन भट्टले अविजित सतकीय इनिङ्स खेलेपछि नेपालले मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा घरेलु टोली मलेसियालाई दुई सय ५३ रनको लक्ष्य दिएको छ ।