राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोक्नुभएको छ।
परम्परागत कृषि प्रणाली अन्तर्गत असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन छ ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका आरोपीमाथि प्रहरीले किर्तेसँगै सङ्गठित अपराध कसुरमा पनि अनुसन्धान अघि बढाएको छ ।
दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ। बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ३ कांक्रे गाउँमा किसानले धान खेती गरेपछि देखिएको हरियाली खेतको फाँट ।
गायिका जया छन्त्याल पुनले ‘मुटु खाने भो’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको छ।
सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्।
निरन्तरको वर्षका कारण खोला नालामा बाढी आएपछि मेची राजमार्ग र तमोर कोरिडोरसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिको अवधि थप गर्ने निर्णय गरेको छ।
पाँचथरको फालेलुङ गाउँपालिका स्थित स्थानीय तह कर्मचारी हक हित मञ्चले मञ्च सम्बद्ध कर्मचारीसँग सहयोगको आह्वान गरेको छ। बाढी पहिरोले स्थानीय विभिन्न ठाउँका मोटरएबल पुल बगाएपछि अवरुद्ध सडक खुलाउनमा सहयोग पुर्याउन मञ्चले अपिल गरेको हो।
नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवं सहकार्य गरी मोर्चा बनाउने भएको छ।
सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताउनुभएको छ ।