ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा कक्षा १२ सम्म नै अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पढ्न पाउने भएका छन् ।
ललितपुरको पाटन म्युजियमको छेउमा अदालत भवन नामको एउटा ऐतिहासिक भवन छ । घाँसले ढपक्क ढाकेको उक्त भवनको एउटा कोठा इलाका हुलाक कार्यालयले प्रयोग गरिरहेको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका कृषकलाई हाते ट्याक्टर हस्तान्तरण गरिएको छ ।
तीन तहका सरकारले काम गरिरहे पनि सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्थामा सुधार नआएको एक कार्यक्रमका सहभागीले बताएका छन्।
बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो ।
हिमाली जिल्ला हुम्लामा आलुको मूल्य दैनिक घट्दै गएपछि किसान मर्कामा पर्दै आएका छन् । उत्पादन बढी हुनु र बजार सानो भएपछि मूल्य घट्दै जाँदा किसानले आफ्नो लागतभन्दा कम मूल्यमा बिक्री गर्नु परेको हो ।
राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि आज (मङ्गलबार) बाट मन्त्रालयगत रुपमा छलफल सुरु हुने भएको छ ।
राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ ।
राजकुमार सिद्धार्थले राजकीय जीवनसहित राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको बताउनुभयो ।
पछाडि परेको समुदायको आयस्तर परिवर्तनको लागि तनहुँमा ‘‘विपन्न बस्तीमा मुख्यमन्त्री’’ कार्यक्रम सञ्चालन गरिएको छ ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।