पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोला स्थितको बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
वर्षासँगै आएको बाढी र पहिराका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो ।
मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।
चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी स्थानीय सरकारको नेतृत्व तहमा आफ्नो समुदायबाट पुग्ने सम्भवतः पहिलो व्यक्ति हुनुहुन्छ। मध्यपहाडी राजमार्ग आसपासमा सरकारले विकास गरिरहेको प्रमुख १० सहरमध्ये एउटा हो, रुकुमपश्चिमको चौरजहारी नगरपालिका। उहाँले सो नगरपालिकाको नेतृत्व गरेको पनि एक वर्ष बितेको छ। उत्पीडित वर्गको प्रतिनिधित्वका रूपमा स्थानीय सरकारको नेतृत्व गरिरहेका वादीले सहरोन्मुख नगरवासीका विकाससम्बन्धी असीमित चाहनाको सम्बोधन गर्नुपर्ने चुनौती पनि सा
पृथ्वीराज मार्गको विस्तारको काम अन्तर्गत पोखरा–मुग्लिङमा पर्ने पश्चिम खण्डको काम अत्यन्त सुस्त गतिमा भएको छ । सडक विस्तारको काम सम्झौता भएको आधा समय बितिसक्दा आठ प्रतिशत मात्रै काम पुरा भएको छ । पूर्वी खण्डको काम भने सन्तोष जनक छ । जुन रूपमा सम्पन्न हुनु पर्ने हो सो अनुसारको सम्पन्न नभए पनि ३० प्रतिशत काम भने पुरा भएको छ ।
कैलालीका स्थानीय तहमा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी बनाउन जग्गा नाप नक्साको काम धमाधम सुरु हुन थालेको छ । घोडाघोडी नगरपालिकाले वडा नम्बर १२ बाट जग्गा नाप नक्साको काम सुरु गरेको हो । छोटो समयमा पालिकाको वडा नम्बर ११ र १२ को काम पूरा गरेर यही आइतबारबाट वडा नम्बर ४ मा जग्गा नाप नक्साको काम सुरु भएको छ । नगरपालिकाका प्रमुख खड्कबहादुर रावतले वडा नम्बर ४, मैतुवा गाउँका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीका लागि जग्गा नाप कार्य शुभारम्भ गरिएको बताउनुभयो ।
बाजुराका अधिकांश स्वास्थ्य चौकी गाउँबस्तीभन्दा धेरै टाढा छन् । ती गाउँबस्तीमा पुग्न झन्डै एक दिन लाग्छ । हातमा औषधी, काखमा लुगा र पिठिउँमा सन्तान बोकेरै गाउँबस्ती धाउनु पर्ने स्वास्थ्यकर्मीको बाध्यता रहेको छ । केही वर्षअघि स्थानीय सरकारले ती गाउँबस्तीमा सडकको पहुँच पु-याएको थियो तर सडकको मर्मत सम्भार नहुँदा स्वास्थ्यकर्मी खोप लगाउन हिँडेरै जाने गरेका छन् । बाढीपहिरोले ती गाउँमा जोडिएका सडक सबै तहस नहस भएपछि स्वास्थ्यकर्मीलाई वल्लो गाउँबाट पल्लो गाउँमा जान ज्यानै जोखिम राख्नु परेको छ ।
मोहना नदीले फेरि कटान गर्न थालेपछि कैलालीको शिवरत्नपुरवासी चिन्तित भएका छन् । सो नदीमा आएको बाढीले गत वर्ष दिएको पीडा भुल्न नपाउँदै यस वर्ष फेरि कटान सुरु गरेपछि स्थानीयवासी चिन्तित भएका हुन् । कैलारी गाउँपालिका–३ स्थित मोहना नदीपारि नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको सो गाउँलाई गत वर्ष बाढीले तहस नहस पारेको थियो । नदीमा आएको बाढी बस्ती पसेपछि १६ घर परिवारको उठीवास भएको छ । उनीहरू जङ्गल क्षेत्रमा बस्दै आएका छन् ।
यहाँका अस्पतालमा बिरामीको बढ्दो चापका कारण रगतको माग धान्नै मुस्किल हुन थालेको छ। रक्त सञ्चार केन्द्र रुपन्देहीका अनुसार रगतको माग र आपूर्तिमा ठुलो अन्तर छ। अस्पतालहरूमा बिरामीको चाप बढेसँगै रुपन्देही र आसपासका जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा रगत अभाव भएको केन्द्रको भनाइ छ।
विद्युतीय गाडी सञ्चालनमा सहजता ल्याउन लमहीमा विद्युतीय चार्जिङ स्टेसन स्थापना भएको छ । जिल्लाभित्रका स्थानीय रुटसँगै पूर्व–पश्चिम राजमार्गमा चल्ने साना तथा ठुला सवारीसाधनलाई हेरेर लमही नगरपालिका–५ को बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिएको हो ।
पर्वतको फलेवास नगरपालिकाको नगर शिक्षा शाखाले आफूले तोकेका पुस्तक सीमित स्टेसनरीमा मात्र खरिद गर्न निर्देशन दिएको पाइएको छ। विद्यालयले आफैँ खरिद गर्न सक्ने नियम हुँदाहुँदै पनि नगर शिक्षा अधिकारीले तोकेकै ठाउँमा पुस्तक खरिद गर्नुपर्ने बाध्यता सिर्जना गरिएपछि विद्यालयले समेत रोजेको ठाउँमा पुस्तक खरिद गर्न सकेनन्।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले वन्यजन्तुबाट हुने क्षति रोक्न लगानी बढाएको छ। सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पु-याउँदै आएकाले नगरपालिकाले वन्यजन्तुबाट हुने क्षति रोक्नका लागि विशेष पहल थालेको हो। सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र प्रभावित नगरपालिका १ र १७ गरी दुई वडामा कङक्रिटसहितको मेसजाली लगाउनेसहित ८० प्रतिशत निर्माण सकिएको बताउनुभयो।