भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले कुवेत र जोर्डन जान लागेका १५६ श्रमिकलाई फिर्ता गरेको विषयमा सरकारका दुई जिम्मेवार निकायबिच एकअर्कालाई आरोप लगाउने जुुहारी चलेको छ । श्रमिक रोकिएको विषयमा अध्यागमन विभागले आफ्नो बचाउ गर्दै थप प्रावधानसहित विज्ञप्ति सार्वजनिक गरेको छ भने वैदेशिक रोजगार विभागले आफ्नो क्षेत्र अधिकारमाथि हस्तक्षेप भएको आसयसहितको विज्ञप्ति सार्वजनिक गरेको छ ।
नाम उहाँको लक्ष्मी तर पेसागत जीवनमा नाम त्यति मेल खाँदैन, सम्भवतः लक्ष्मीप्रसाद देवकोटाको जस्तै । जन्म पनि विशेष महìव बोकेको माघेसङ्क्रान्तिको दिनमा भएको हो । अन्यत्रका लागि यो दिन सामान्य पर्वको अवसर मात्र हुने गरे पनि कैलालीको थारू बाहुल्य टीकापुरमा भने यो दिन मनाइने माघी स्वतन्त्रता दिवस पनि हो । त्यही दिन घिउ, चाकु र तरुललगायत विभिन्न परिकार खाएर पर्व मनाउँदै गर्दा भएको उहाँको जन्म परिवारका लागि लक्ष्मीको आगमन बराबर नै थियो ।
हुम्लामा देउडा दिवस मनाइएको छ । कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा दिवसका अवसरमा सार्वजनिक बिदा दिएपछि जिल्लावासीले देउडा दिवस मनाएका हुन् । मौलिक वेशभूषामा सजिएर स्थानीयले देउडा गाउँदै दिवस मनाइएको सिमकोट गाउँपालिका– ५ का स्थानीय तीर्थराज रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार देउडा गीतको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक यो दिवस मनाइएको हो ।
आज साउनेसङक्रान्ति । हिन्दु परम्परालाई मान्दै आएकाले साँझमा घर घरबाट लुतो फ्याँकेका छन् । साँझमा आँगनमा दियो, गणेश र कलशको पूजा गरेपछि सल्लाको काठ बालेर बनाइएको अगुल्टो सुरहरूका प्रमुख कण्डारकलाई अर्पण गर्दै घरको चारै दिशामा फ्याँक्ने परम्परा रहेको सूर्यविनायक नगरपालिका वडा नं. ५ निवासी ९२ वर्षीय केदारनाथ चालिसे बताउनुहुन्छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताउनुभएको छ । तेइसौँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका २७ हजार पाँच सय ७० मुक्त घोषणा भए पनि अझै पनि पूर्णरूपमा मुक्त हुन सकिरहेका छैनन् भन्नुभयो ।
कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि मङ्गलबार बस्दै छ। कांग्रेसको विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक एक वर्षपछि बस्न लागेको हो। यसअघि २०७९ साउन २ गते बैठक बसेको थियो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा मुख्यतः १० वटा मुद्दामा छलफल हुने बताउनुभयो। सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो।
भ्रष्टाचारसम्बन्धी कसुरमा विशेष अदालत काठमाडौँबाट भएका फैसलामध्ये ७० प्रतिशत फैसलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असहमत देखिएको छ। आफूले दायर गरेका मुद्दामा विशेषले गरेको फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा आयोगले दिएको पुनरावेदनसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशका विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ । बैङ्कले सिराहा, बैतडी, दार्चुला, मोरङ, मकवानपुर, ललितपुर, सुर्खेत, कालीकोट, दैलेख र स्याङ्जाका विभिन्न ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । सिराहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को र मङ्गलबजार, सुर्खेतको छिन्चु, कालीकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैङ्कले जनाएको छ । नयाँ शाखा सञ्चालनसँगै रावा बैङ्कको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् ।
नेपाली काँग्रेसका पूर्व उपसभापति विमलचन्द्र निधिले नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका काँग्रेस नेता डा. राजाराम कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले पशुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सात वटै प्रदेशमा टोली परिचालन गरिएको बताउनुभएको छ । सङ्क्रमित पशुको उपचार र निरोगी पशुलाई सङ्क्रमणबाट बचाउन खोप लगाउने अभियान चलाउने तयारी रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का सदस्य राष्ट्रले क्षेत्रीय विकास र समृद्धिका लागि आपसी सहयोग र सहकार्यको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन्। थाइल्यान्डमा सम्पन्न बिम्स्टेकका विदेशमन्त्रीस्तरीय ‘रिट्रिट’ बैठकमा आपसी सहयोग सुदृढ पार्ने उपायबारे गम्भीर छलफल भएको छ।
पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीकासाधनको भाडा समायोजनमा ढिलाइ हुने भएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा दर सोमबारदेखि लागु हुने गरी घटाइसकेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन प्रक्रियामा रहेको जानकारी दिनुभयो।
वैदेशिक शिक्षाका लागि एक लाख नौ हजार ८३६ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यतिका एनओसी जारी भएको हो । यो सङ्ख्या हालसम्मकै धेरै हो । वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत आर्थिक वर्षमा उच्च शिक्षाका लागि ७१ वटा मुलुकमा नेपाली विद्यार्थीले एनओसी लिएका थिए । गत वर्ष एनओसीका लागि निवेदन दिएकामध्ये १२ हजार १७५ वटा निवेदन रद्द भएका थिए ।