समाजसेवी डा विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ । उहाँले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गर्नुभएको हो ।
गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) गीत निकै चर्चामा छ । यो गीतभन्दा अघि र पछि पनि कौराहा गीत र नृत्य निकै चर्चामा रह्यो । आधुनिकतामा गीत चर्चामा रहे पनि मौलिक शैलीको कौराहा संस्कृति लोप हुने हो कि रु भन्ने चिन्ता छ, मगर समुदायलाई ।
करिब दुई दशकअघिसम्म धनकुटाको चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडामा ५० भन्दा बढि परिवारको बसोबास थियो। त्यहाँ क्षेत्री, ब्राह्मण, लिम्बू, तामाङलगायतका जातजातिको बसोबास रहेको थियो। अहिले बसाइँसराइले ५० परिवार घटेर २८ मा सीमित भएका छन्। अझ रोचक कुरो त बसाइँसरेर जाने सबै क्षेत्री र ब्राह्मण जाति छन्। अहिले यहाँ ब्राह्मण र क्षेत्रीको बसोबास नै छैन।
रामेछापको सदरमुकाम मन्थली बजारको मूल सडकमा अब सवारी पार्किङ गर्न नपाइने भएको छ। यसअघि दुई नगरपालिका र छ वटा गाउँपालिकाको केन्द्र मन्थली बजारको मुख्य सडकमै मोटरसाइकल तथा साना चारपाङ्ग्र्रे सवारीसाधन पार्किङ हुँदै आएका थिए। आइतबार रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले मन्थली बजार क्षेत्रको मूल सडकमा गरिँदै आएको पार्किङ हटाउने निर्णय गरेको हो।
उच्च अदालत पाटन, हेटौँडा इजलासमा दुई वर्ष नाघेका मुद्दा शून्य रहेको छ । आव २०७९/८० बाट चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका मुद्दामध्ये १८ महिना कटेको मुद्दा एउटा मात्र रहेको हेटौँडा इजलासले जनाएको छ । हेटौँडा इजलासका अनुसार आव २०७८/७९ बाट आव २०७९/८० मा सरेर आएका ५४५ र आव २०७९/८० मा दर्ता भएका एक हजार १९६ सहित एक हजार ७४१ मुद्दा रहेकामा ७५.३६ प्रतिशत अर्थात् एक हजार ३१२ वटा मुद्दा फस्र्योट भएका छन् ।
नाम्खा गाउँपालिका– ६ को लिमी जोड्ने सिमकोट लिमी लाप्चा सडक सात महिनापछि सुचारु भएको छ । लिमी जाने पाँच हजार मिटर अग्लो न्यालु लेकमा जमेको चारदेखि पाँच फिट हिउँ पन्छाउने र सडकमा गएको पहिलो फालेपछि लामो समयपछि सडक सुचारु भएको हो ।
नेपालले संवैधानिक रूपमै तीनखम्बे अर्थनीति अवलम्बन गरेको छ। संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत तीव्र र दिगो आर्थिक वृद्धि हासिल गर्ने नीति र सिद्धान्त तय गरेको छ। ‘आर्थिक असमानता अन्त्य गर्दै शोषणरहित समाज निर्माण गर्ने’ समाजवाद उन्मुख अर्थतन्त्रको लक्ष्य प्राप्तिका लागि महत्वपूर्ण एक खम्बा हो, सहकारी क्षेत्र। समुदायबिच सहकार्यको भावनाले सञ्चालित सहकारी संस्थाले सामाजिक भावनाको विकास गर्दै अप्ठ्यारोमा प
नेपाली महिला आन्दोलनको इतिहासमा दसवर्षे जनयुद्धको मूल्यवत्ता अतुल्य छ। जनयुद्धमा हजारौँको सङ्ख्यामा महिला सहभागिता र उनीहरूले गरेका सङ्घर्ष/मोर्चाबन्दी युद्ध तथा सामाजिक परिवर्तनमा सीताले निर्वाह गरेको भूमिकाले सो कुरा पुष्टि गर्छ। तिनै लाखौँ महिलामध्ये अग्रणी नेतृ हुन् – सीता। महिलाले ‘ब्याटलमा’ मोर्चा कसेर युद्ध गरेका छन् – जनयुद्धमा। हजारौँ महिलाले सहादत प्राप्त गरेका छन्। त्यस्तै हजारौँले जेलनेल, यातना भोगेका छन्।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले नयाँ सम्बन्धन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिनुुभएको छ ।पोखरा विश्वविद्यालयको २७औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकाले नयाँ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताउनुुभयो ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुनः बस्न लागेको हो ।
समाज पुरुषप्रधान भएकाले महिला नारीको स्थान पुरुषपछि नै छ। परिवारमा प्रत्येक निर्णयमा पुरुषकै प्रमुख भूमिका हुन्छ। यति बेला समाज निकै परिवर्तन भइसकेको छ। अब त हाम्रो समाजको सोचमा पनि निकै परिवर्तन आइसकेको छ। महिलाले परिवारमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्। परिवारमा हुने प्रत्येक निर्णयमा महिला र पुरुष दुवैको समान भूमिका हुन्छ। केही अपवादबाहेक समाज आधुनिक भइसकेको छ। कानुनले पनि महिला र पुरुषलाई समान हकअधिकार दिएको छ। शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक आदि सबै क्षेत्रमा दुवैको समान अवसर छ। रोजगारको क्षेत्रमा पनि महिलालाई विशेष अवसर प्रदान गरिएको छ।
जमिन्दारहरुको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले मुक्त गरेको आज २३ वर्ष पुगेको छ । २०५७ साल साउन २ गते (आजको दिन ) तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले मुक्त भएको घोषण गरेको थियो ।
गरिब र विपन्नलाई बिनाधितो कर्जा उपलब्ध गराई गरिबी निवारणमा ठोस योगदान गर्ने उद्देश्यले लघुवित्त वित्तीय संस्था सञ्चालनमा ल्याइएको हो। बङ्गलादेशको ग्रामीण बैङ्कको अवधारणा अनुसार सञ्चालित यस्ता संस्थाको गरिबी न्यूनीकरणमा महìवपूर्ण योगदान रहेको अनुमान छ। तथापि पछिल्लो समय यी संस्थाका बारेमा दुई प्रकारको बहस हुने गरेको छ। पहिलो, लघुवित्तको ऋण महँगो भयो र दोस्रो, ऋणको सदुपयोग हुन सकेन। यस्ता बहसले स्थान पाउनुमा केही अन्तरनिहित कारण छन्।
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन् । शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन् ।
नेपाल आयल निगमले दुई दशकपछि पोखरामा इन्धन भण्डारण गृह निर्माण गरेको छ । इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन पोखरामा एक करोड लिटर (१० हजार किलोलिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरिएको हो । सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले दुई दशकपछि पोखरामा डिजेल भण्डारण गृह निर्माण भएको हो । निगमले विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन ।