अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो सूचीमा राखेको सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ ।
गृह मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ ।
सुनसरीको राजावसस्थित सप्तकोसी नदीको स्पर (नोज) माथि स्थानीय युवतीहरुबिच भएको सामूहिक कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी चारजना फरार छन् । उनीहरूबिच एकको कुरा अर्काले खोलिएको विषयमा मुक्का हानाहान भएको थियो ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन बमोजिम लेखापरीक्षण प्रतिवेदन पेश एवम् समयभित्र सार्वजनिक नगरेका विभिन्न राजनीतिक दललाई जरिवाना तोकेको छ ।
कर्णाली करिडोरको जाजरकोट सडक खण्डमा मालवाहक ट्क दुर्घटना भएको छ । कर्णाली करिडोर अन्तर्गत पर्ने पचालझरना गाउँपालिका –६ को कट्टेखोलामा सो ट्रक आज दुर्घटनामा परेको हो ।
काठमाडौँ महानगरपालिका भित्रका व्यावसायिक भवनहरू निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सेवाग्राहीलाई निःशुल्क पार्किङ्ग सेवा उपलब्ध गराउनु पर्ने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा विभिन्न अभियोगमा ७६० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मबाट विशिष्ट व्यक्तित्वप्रति घृणा र द्वेष फैलाउने एक जना पक्राउ परेका छन् । रुपन्देही देवदह नगरपालिका –८ का ४९ वर्षीय शेरबहादुर रानालाई प्रहरीले आज पक्राउ गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय तथा जैविक विविधताको संरक्षण गर्न हरित ऊर्जाको स्रोतका रूपमा जलविद्युत् विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आइतबार पनि जारी रह्यो । बैठकमा सचिवालयका सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेको सो दलका नेताहरूले जनाएका छन् ।
साउन महिनाको सोमबार सुरु भएसँगै सर्लाहीका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार जिल्लाभरिका शिव मन्दिरमा दिनभर दर्शनार्थीको घुइँचो लागेको छ ।
पोखरा महानगरपालिकाको वडा ५ र ८ जोड्ने फिर्केखोलाको पुल भासिएको छ । गएराति परेको अविरल वर्षाका कारण पोखराको पस्र्याङ र बगालेटोल जोड्ने प्रमुख पुल भासिदा सवारीसाधन आवागमनमा समस्या भएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
उच्च अदालत पाटन, हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौँडा इजलासको गत आवको लक्ष्यकाआधारमा १११.७५ प्रतिशत मुद्दा फर्छ्यौट भएको जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्व गोरखा सैनिकको हक अधिकारका विषयमा उठेका मुद्धाका बारेमा द्विपक्षीय छलफल भइरहेको बताउँदै यसलाई ठोस निष्कर्षमा पुर्याउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।