नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दुई थरी मूल्य लागू गर्ने तयारी गरेको छ । सर्वसाधारण व्यक्तिलाई राहत दिन दुई थरी मूल्य निर्धारण गर्न लागिएको हो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले घरायसी प्रयोजनका लागि हालकै मूल्य र व्यापारिक प्रयोजनका लागि परल मूल्य लागू गर्न लागिएको जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण व्यक्ति पहिचान गरेर राहत दिइने र व्यापारिक प्रयोजनका लागि खरिद मूल्यमै बिक्री गर्ने तयारी गरिएको थानीले जानकारी दिनुभयो ।
नेपाली सेनाले प्रदेश १ स्थित मोरङको बुढीगङ्गा गाउँपालिकाको हात्तीमुडामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक थान भूमिस्थ (ग्राउण्डेड) हेलिकप्टर हस्तान्तरण गरेको छ । सो विश्वविद्यालयले शैक्षिक सत्र २०७८/०७९ बाट सञ्चालन गरेको रेल्वे तथा एरोनोटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ साल वैशाख २५ गतेको निर्णय अनुसार उक्त हेलिकप्टर हस्तान्तरण गरिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताउनुभयो ।
चित्रकला विधा ढुङ्गेयुगबाटै सुरु भएको देखिन्छ । ढुङ्गेयुगमा मानिसको दिनचर्या सिकार गर्नुमा नै बित्थ्यो । त्यसबेलाका मानिसले दिन बिताउने र सिकारका दैनिक उपलब्धिको लेखाजोखा गर्ने गर्दथे । उनीहरूको लेखाजोखा गर्ने भरपर्दो माध्यमका रूपमा रेखाङ्कन विधि थियो । त्यही रेखाङ्कन विधि वा प्रक्रिया पछि गएर सुन्दर आकारमा रूपान्तरण ह‘ुदै गयो र ‘चित्रकला’ शब्द अस्तित्वमा आएको हो भन्ने भनाइ छ । चित्रकला त्यो विधा हो, जसभित्र भाषा, सङ्गीत र साहित्य अटाएर बसेका छन् ।
का मानिसहरू यार्सागुम्बा खोज्न पाटनतर्फ गएकाले डोल्पाका गाउँबस्ती यतिबेला सुनसान छन् । उनीहरू हिमाली सुन भनेर चिनिने यार्सागुम्बा टिप्न गएपछि गाउँघर सुनसान बनेका हुन् ।त्रिपुरासुन्दरी नगरपालिका–१ का ७९ वर्षीय रविप्रसाद न्यौपानेले भन्नुभयो, “सबै जना यार्सागुम्बा टिप्नका लागि पाटन गएकाले गाउँ सुनसान छ । घर कुरुवालाई समय कटाउन साथी पनि छैनन् ।”
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन शुक्रबार रुवान्डा प्रस्थान गर्नुुभएको छ । इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनको आयोजना हुन लागेको सो सम्मेलनमा भाग लिन मन्त्री कार्कीसहित मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनीका प्रवन्ध निर्देशक सुनिल पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा लगायतका अधिकारी त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन आउँदो असार २ गतेसम्म सञ्चालन हुनेछ ।
स्थानीय तहको निर्वाचनभन्दा अगाडि चित्रबहादुर चौधरीलाई कमैले चिन्थे । प्राविधिक क्षेत्रमा काम गर्ने उहाँको राजनीतिसँग घुलमिल थिएन । जोशीपुर गाउँपालिका–५, सिमरानावासी चौधरी सोही गाउँपालिकाको अध्यक्ष बन्नुभएको छ । पञ्चायतकालदेखि नेपाली कांग्रेसले जित्दै आएको ठाउँमा नवगठित नागरिक उन्मुक्ति पार्टीबाट चुनाव जितेपछि चौधरीको चर्चा एकाएक बढेको छ । सिभिल इन्जिनयरिङ अध्ययन गर्नुभएका उहाँले अब आफ्नो प्राविधिक ज्ञानलाई जोशीपुरको विकासमा प्रयोग गर्ने उल्लेख गर्नुभयो ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठसँगको छलफलमा स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्न सहमत भएका हुन् ।
घरपरिवारको हेलासँगै सरकारले पनि बेवास्ता गरेको दोलखाली ज्येष्ठजनले गुनासो गर्नुभएको छ । सरकारले ज्येष्ठ नागरिकप्रति कानुनमा गरेको व्यवस्था कागजको खोस्टाझैँ हुन पुग्दा सुविधा त छोडौँ तनावलाई पन्छाएर मन बहकाउने ठाउँसम्म पनि नपाएको गुनासो ज्येष्ठ नागरिक दुर्गाप्रसाद उप्रेतीले गर्नुभयो ।
समाजमा बढ्दै गइरहेको लैङ्गिक हिंसा रोकथामका लागि सरकारले थुप्रै नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएपनि चित्तबुझ्दो नतिजा देखिएको छैन । मूलुकमा सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रबाट समेत लैङ्गिक हिंसा उन्मुलनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेका छन् । तर लैङ्गिक हिंसा न्युनीकरण तथा लैङ्गिक समानताको क्षेत्रको प्रगति भने निकै सुस्त छ । अझै पनि परिवार तथा महिला माथि हुने हिंसाको घटना बढिरहेको छ । महिला र पुरुषबीच परिवारबाटै हुने विभे्दमा न्युनीकरण गर्न सकिएको छैन ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु अपमानजनक कार्य भएको बताउनुभएको छ ।जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री देउवाले शुभकामना सन्देश दिँदै प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुने गरी जिउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले गोरखापत्र पत्रिका मात्र नभएर राष्ट्रको गौरव भएको बताउनुभएको छ । गोरखापत्र संस्थानको वितरण विभागमा कार्यरत कर्मचारीहरूको अभिमुखीकरणका लागि शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गोरखापत्रले इतिहास, कला, संस्कृति, सभ्यतालगायत सम्पूर्ण देशको प्रतिनिधित्व गर्दै आएको चर्चा गर्नुभयो । उहाँले अहिले समय परिवर्तन भएको र डिजिटल विश्वसँग
जुन कुरा लुकाउन खोज्छन्, त्यो समाचार हो, जुन कुरा सार्वजनिक गर्न खोज्छन् त्यो केवल विज्ञापन हो । समाचारको यो परिभाषाले नै पत्रकारिता पेसाको महत्त्व र चुनौतीलाई दर्शाउँछ । अन्य पेसाभन्दा पत्रकारिता पेसा जोखिम र चुनौतीपूर्ण पेसाका रूपमा लिइन्छ । नेपाली पत्रकारिताले आफ्नो धार बनाउँदै जाँदा यस चुनौतीपूर्ण पेसामा पत्रकार महिलाको आकर्षण पनि दिनानुदिन बढ्दै गएको छ । पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्दै जानुलाई नेपाली समाज रूपान्तरण हुँदै गएको अर्थमा पनि लिन सकिन्छ ।
वि.सं. २०३७ मा भएको जनमत सङ्ग्रहको नतिजाले सुधारिएको पञ्चायती व्यवस्थाको घोषणा गरे पनि शिक्षकको सेवा, सुविधा र अवस्थामा कुनै सुधार हुन सकेन । शिक्षकको सेवा सर्त र सुविधा विद्यालय र स्थानीय तहमा निहीत थियो, कतै एकरूपता थिएन ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘एयर पोलुसन एन्ड चाइल्ड हेल्थ प्रेस्क्राइबिङ क्लिन एयर’ शीर्षकबाट वायु प्रदूषण एवं बाल स्वास्थ्यबारे तय गरी जारी गरिएको प्रतिवेदन हो । वैश्विक स्तरमा १५ वर्षभन्दा कम उमेरका लगभग ९३ प्रतिशत केटाकेटी प्रत्येक दिन यस्तो हावामा सास फेर्छन्, जुन प्रदूषित हुने गर्छ । यस्तो प्रदूषित वायुले बालबालिकाको स्वास्थ्य एवं विकासमा गम्भीर प्रभाव पार्छ । जसका कारण कैयौँ बालबालिकाको मृत्युसमेत हुने गर्छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार सन् २०१८ मा छ लाख बालबालिकाको प्रदूषित वायुका कारण हुने सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
बहुविवाह त सबैले सुनेकै शब्द हो तर धेरैलाई बहुपति प्रथाका बारेमा ज्ञान नहुन पनि सक्छ । यो एक प्रकारको विवाह गर्ने प्रथा हो । हिमाली जिल्लामा लामा समुदायले धेरै पहिलेदेखि नै यो चलनलाई अनुसरण गर्दै आएका छन् । हुम्लामा अहिलेको ११औँ पुस्ताअघिदेखि बहुपति प्रथा