सपनाहरूको पहाड ढलेर आफैँले खनेको गन्तव्यको गोरेटो पुरिएपछि यति बेला यात्राकै क्रममा भए पनि यात्रा गन्तव्यबिहिन भएको छ माझी बिनाको डुङ्गा जस्तै !
नेपाली इस्लाम धर्मावलम्बीले यस वर्ष हज यात्रामा जाँदा विगतका वर्षको तुलनामा डेढ लाख रुपियाँ बढी खर्च गर्नुपर्ने भएको छ । साउदी अरब सरकारले मक्का मदिनामा हुने खाना तथा आवास सेवाका लागि निर्धारण गर्ने विभिन्न शीर्षकका शुल्क र कर वृद्धि गरेका कारण हज यात्रीका लागि खर्च बढेको हो ।
हामी नेपालमा बसेर कविता सुनिरहेका थियौँ, साहित्य विषयक चर्चा परिचर्चामा केन्द्रित थियौँ, कविता सीमामा बसेका भारतीयहरूले पनि सुने, चर्चा उनीहरूले पनि सुने, हामी अनेकौँ झाँकी हेरिरहेका थियौँ, लाग्छ उनीहरूले पनि हेरिरहेका थिए । कविता, गीत, प्रस्तुतिमा प्रायः लिपुलेक र कालापानी नै केन्द्रित थियो । यही भूमिमा टेक्ने अवसर पाएर साहित्य र कलाका २१ जनाको हाम्रो टोली मध्यरात दार्चुला पुग्दा भारतीय सीमाना धार्चुलामा देखिएको झिलिमिली बाहेक शायदै अरू देख्यौँ होला । त्यही रात हामीलाई स्वागत गर्न बसेकाहरूको अनुहारमा उत्साह थियो, पाहुनालाई स्वागत गर्न मध्यरातसम्म बसेकाहरू, बासथलोमा खाना पर्खेर बसेकाहरूको खटाइ सबै देख्दा लाग्यो हाँस्न र बाँच्न जानेका हामीहरू अर्काको खुसीमै रमाउन सक्छौँ ।
दुई वा दुईभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातको भाडा घटेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सवारीसाधनको भाडा घटेको हो । यातायात व्यवस्था विभागले शुक्रबार सूचना निकालेर सवारीसाधनको भाडा घटेको जानकारी दिएको हो ।
नेपालको भौगोलिक अवस्थिति ज्यादै लोभलाग्दो छ । हिमाल, पहाड र तराईका आ–आफ्नै विशेषता छन् । जनजीवन, रहनसहन र रीतिरिवाज पनि बेग्लाबेग्लै प्रकृतिका छन् । क्षेत्रफलका दृष्टिले सानो मुलुक भए पनि यति धेरै विविधता विश्वका ठूला मुलुकमा पनि पाउन सकिँदैन । यस कारण पनि विदेशीका आँखालाई हाम्रो भूमिले लोभ्याउन सकिरहेको छ । यद्यपि, आफ्नै देशको भौगोलिक, जातीय र सांस्कृतिक विविधतासँग हामी परिचित हुन सकिरहेका छैनौँ । यसो हुन नसक्नुको कारण हामी आफ्नै देश–परिवेशसँग पूर्णतः परिचित हुन सकिरहेका छैनौँ । हामीसँग इच्छाशक्तिको कमी, समय अभाव र आर्थिक पछौटेपन सँगसँगै रहेका कारण खुम्चिएका छौँ । जोसँग यी कुराको अभाव छैन, उसले घुमफिर गरेर लेखेका कुरा बसीबसी पढ्न पाउँदा हाम्रो मन आनन्दित हुन्छ । यस्तै मन आनन्दित बनाउने खुराकको रूपमा नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीले भर्खरै प्रकाशित गर्नुभएको छ ‘श्वेत पर्वत’ नियात्रासङ्ग्रह ।
स्थानीय तह निर्वाचन २०७९ मा म्यादी प्रहरी भई काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सीपमूलक तालिम र रोजगारी-स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।
एएफसी एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ ।
सुदूर पहाडका काकाकुल बस्तीमा सुदूरपश्चिम प्रदेश सरकारले लिफ्ट गरेर खानेपानी पु¥याउन थालेको छ । बैतडीको सिगास गाउँपालिका–३, ठूलीसैनी गाउँमा प्रदेश सरकारले तीन करोड ८० लाख रुपियाँको लिफ्ट खानेपानी योजना बनाइदिएपछि गाउँमा खुसियाली छाएको छ । बैतडी सदरमुकामबाट करिब ८० किलोमिटर टाढा रहेको ठूलीसैनी गाउँमा खानेपानीकै कारण परिवर्तन आएको छ ।
सुनसरीको कोसी गाउँपालिकाका आठवटै वडामा मानव अधिकार समूहले माग र सुझावसहितको ज्ञापनपत्र बुझाएको छ । स्थानीय मानव अधिकार समूहले १२ बुँदे मागसहितको ज्ञापन गाउँपालिकाका सबै वडा कार्यालयमा पुगेर वडाध्यक्षलाई बुझाएको हो ।
गण्डकी प्रदेशको राजधानी पोखरालाई ‘सात तालको सहर’ भनेर पनि चिनिन्छ । फेवा, बेगनास, रूपा, खास्टे, मैदी, दीपाङ्ग, गुँदे, न्युरेनीजस्ता ताल यहाँ अवस्थित छन् । कास्कीमा रहेका यी ताल रामसार संरक्षण सूचीमा सूचीकृत छन् । पोखरामा बसोबास भएर पनि कास्कीका सबै ताल भएका ठाउँमा पुग्ने, घुमफिर गर्ने मेसो मिलिरहेको थिएन । यसै क्रममा फागुनको अन्तिम शनिबार मध्यदिनको उखरमाउलो गर्मीको बेवास्ता गर्दै पोखरा महानगरपालिका–२६ मा अवस्थित खास्टेतर्फ स्कुटरमा हुइँकिएँ । खास्टे ताल पोखराको पृथ्वीचोकबाट नौ किलोमिटर दूरीमा रहेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि निःशुल्क अनलाइन आवेदन दिने व्यवस्था मिलाउने भएको छ ।
धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयले शिशु कक्षाबाटै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । उमेर समूहका आधारमा विद्यार्थीले गठन गरेको बाल ज्ञान क्लबले पाठ्यपुस्तक र स्वयंसेवकका रूपमा कक्षामा पढाउन सहयोग गर्ने भएपछि विद्यालयले शिशु कक्षाबाटै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी कालीकोट जिल्ला शाखाले आपत्कालीन प्रतिकार्य कार्यक्रमका लागि एक करोड २६ लाख रुपियाँ खर्च गर्ने भएको छ । रेडक्रसले जिल्लाको नरहरिनाथ गाउँपालिकासँगको साझेदारीमा सो बजेट खर्च गर्न लागेको हो ।
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दुई थरी मूल्य लागू गर्ने तयारी गरेको छ । सर्वसाधारण व्यक्तिलाई राहत दिन दुई थरी मूल्य निर्धारण गर्न लागिएको हो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले घरायसी प्रयोजनका लागि हालकै मूल्य र व्यापारिक प्रयोजनका लागि परल मूल्य लागू गर्न लागिएको जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण व्यक्ति पहिचान गरेर राहत दिइने र व्यापारिक प्रयोजनका लागि खरिद मूल्यमै बिक्री गर्ने तयारी गरिएको थानीले जानकारी दिनुभयो ।
नेपाली सेनाले प्रदेश १ स्थित मोरङको बुढीगङ्गा गाउँपालिकाको हात्तीमुडामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक थान भूमिस्थ (ग्राउण्डेड) हेलिकप्टर हस्तान्तरण गरेको छ । सो विश्वविद्यालयले शैक्षिक सत्र २०७८/०७९ बाट सञ्चालन गरेको रेल्वे तथा एरोनोटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ साल वैशाख २५ गतेको निर्णय अनुसार उक्त हेलिकप्टर हस्तान्तरण गरिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताउनुभयो ।