वनजङ्गलमा काठ घाटगद्दी गरेर राखिएको छ तर विदेशबाट ल्याइएको महँगो काठ खरिद गर्न उपभोक्ता बाध्य भइरहेका बेला नवलपरासीमा करोडौँ मूल्य बराबरको काठ सड्न थालेको छ ।
औद्योगिक सम्बन्ध न्यायाधिकरणको वार्षिक समीक्षापछि अस्ट्रेलियाको न्यूनतम ज्याला ३.५ प्रतिशतले बढ्ने घोषणा गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएका लाखौँ मूल्य बराबरका जडीबुटी प्रशोधन केन्द्र अलपत्र परेका छन् ।
सप्तरीमा बिहीबार राति डाँका समूहले गोली प्रहरी गरी एक जनाको हत्या गरेको छ । सप्तरीको सुरूङ्गा नगरपालिका– ८ मल्हनवाका ५६ वर्षीय कान्तालाल चौधरीको गोली हानी डाँका समूहले हत्या गरेका हुन् ।
रुपन्देहीका नदीबाट अवैध रूपमा नदीजन्य पदार्थको दोहन एवं चोरीनिकासी भएको छ । बुटवल, सैनामैना, देवदह, सियारी शुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चनलगायतका स्थानीय पालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का लगाएका छन् ।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका बाँकेका १०३ नागरिक समस्यामा रहेका पाइएको छ । चालु आर्थिक वर्षको हालसम्म १०३ जना व्यक्तिले विभिन्न समस्यामा परेर निवेदन दर्ता गराएका छन् ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको ‘मुघिङ कोक्मा’ पार्क घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो समय मुधिङ कोक्मा पार्कमा दिनहुँजसो आन्तरिक पर्यटक पुग्ने गरेका र पर्यटकको घुइँचो नै लाग्न थालेको हो ।
कुनै चिज हराएपछि खोजीका लागि तुरुन्तै प्रहरीलाई खबर गर्ने जमाना छ अहिले तर कैलालीको ग्रामीण केही गाउँमा अझै पनि पृथक् अभ्यास भइरहेको छ । कैलारी गाउँपालिका–९ मा रहेको गदरिया र त्यस आसपासका अन्य गाउँका कतिपयले हराएको चिज भेट्टाउन बर्सौं पुरानो पकरियाको रुखमा भाकल गर्ने गरेका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम एयरपोर्ट नजिकैबाट शुक्रबार बिहान देखिएको ठिनी गाउँ, स्याउ बारी र पृष्ठभूमिमा झरीपछि खुलेको नीलगिरि हिमाल र आसपासका क्षेत्र ।
महाकाली कोरिडोर अन्तर्गत पर्ने दार्चुलाको व्यास गाउँपालिका–१, तुसारपानी–टिङ्कर सडकखण्ड थप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले विरोध प्रदर्शन गरेको छ ।
पछिल्लो समय बैतडीका किसानहरु गोरु पाल्न छाडेर खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोग बढाउन थालेका छन् । परिवारको युवा जनशक्ति रोजगारीका साथै पढाइ र अन्य कामका लागि बाहिर जाने क्रम बढेसँगै गोरु पाल्ने चलन कम हुँदै गएको हो । अचेल हरेक टोलमा हाते ट्याक्टर भित्र्याइएको छ ।
नौगाड गाउँपालिका–१, दार्चुला सल्लाका ललितसिंह ठगुन्ना पुराना राजनीतिकर्मी हुनुहुन्छ । अहिले उहाँले राजनीति छोडेर व्यवसायमा लाग्नुभएको छ । उहाँले राजनीतिलाई भन्दा आफ्नो व्यवसायलाई प्राथमिकतामा राख्नुभएको छ । सो व्यवसायबाट उहाँले वार्षिक लाखौँ रुपियाँ आम्दानी गरिरहनुभएको छ ।
कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले पुराना कार्यक्रमको निरन्तरतासँगै केही नयाँ नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ ।
मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।
मुगु जिल्लाको सदरमुकाम गमगडीदेखि हुम्ला जिल्लाको चङ्खेली गाउँपालिकाको सलीसल्लासम्मको सडक खन्ने क्रममा कटानी भएको काठ कुहिने अवस्थामा पुगेको छ ।