नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान ८ः३० बजे जुममार्फत छलफल गर्ने गरी बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएकाे हाे ।
उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्न मतदाताको घरदैलो पुग्न थालेका छन् ।
पछिल्लो समय थारू परिकारका रिसोर्ट र होटलहरू फस्टाउँदै गएका छन् ।
पाँचथर जिल्लाका एक हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एच.पि.भि.)खोप लगाइने भएको छ ।
मकवानपुर प्रहरीले ध्वनिप्रदूषण गर्ने एक दर्जन मोटरसाइकल नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीटोलीले बजारक्षेत्रमा चेकजाँच गर्ने क्रममा स्वरुप परिवर्तन गरी चलाइएका विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
अभिनेता सुनिल थापाको शनिबार ६८ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लागेसँगै स्याङ्जामा चुनावी सरगर्मी बढेको छ। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ११ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित दुवै क्षेत्रमा १२–१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० चुहा नजिकै ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाइते लम्कीचुहा नडा नम्बर ८ का १५ वर्षीय शिरिष भण्डारीको मृत्यु भएको हो ।
रुकुमपूर्वका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) यही माघ २५ गतेदेखि दिइँदै छ । जिल्लाभरका विद्यालयमा कक्षा ६ मा पढ्ने किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) दिइन लागेको हो ।
नेपाल विद्यार्थी सङ्घ सप्तरीले जिल्लामा निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन भइरहेको भन्दै शुक्रबार प्रमुख निर्वाचन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने आठ वटा मोटरसाइकललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
दीपशिखा आवासीय माध्यमिक विद्यालयका होटल म्यानेजमेन्ट विषयका विद्यार्थीले फूड फेस्टिवल आयोजना गरेर आफ्नो सीप र सिर्जनशीलता प्रदर्शन गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्सालले ६० प्रतिशत रोजगारी कृषि क्षेत्रमै सृजना गर्न सकिने बताउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मत माग्नका लागि उम्मेदवारहरू मतदाताको घरघरमा पुगेका छन् ।
निर्माण कम्पनीको लापरबाहीले गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा निर्माणाधीन ‘नमुना पशुपक्षी अस्पताल’ को भवन निर्माण कार्यमा बिलम्ब भएको छ ।