नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले आर्थिक सुधारका लागि नीतिगत स्थिरता र परिमार्जन आफ्नो प्राथमिकताको विषय भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि, पशुसेवा, मत्स्य र वन पैदावारबाट किसानको आम्दानी बढाउन सबै सरोकार पक्षले तत्परता देखाउनुपर्ने औँल्याउनुभएको छ ।
नेपाली सेनाले सहायक रथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुराना ऐन परिमार्जन गरेर नयाँ स्वास्थ्य ऐन ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाउनुभएको हो ।
राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सम्पन्न भएको छ ।
झापा, जेठ २३ गते । यहाँस्थित मेचीनगर नगरपालिका ६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका ५ घर भई हाल झापाको कन्काई नगरपालिका(८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् । काँकडभिट्टामा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई प्रहरीले जाँच गर्दा एक हजार दरका रु एक लाख बराबरका नक्कली नोट फेला परेका उहाँले जानकारी दिनुभयो ।भारतीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर प्रारम्भिक अनुसन्धान थालिएको बताउँदै अनुसन्धानका क्रममा निजले उक्त नक्कली नोट आफैँले छपाई चलनमा ल्याएको खुलेको प्रनाउ खड्काले जानकारी दिनुभयो । प्रहरी टोलीले भारती बस्ने कोठामा खानतलासी गर्दा थप नक्कली नोट र नोट छाप्ने सामग्री फेला पारेको उहाँको भनाइ छ । प्रहरीका अनुसार विभिन्न दरका रु पाँच लाख ३० हजार ६८० बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन एक थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायत सामग्री बरामद गरिएको छ । पक्राउ परेका भारतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हमासले बिहीबार एक वक्तव्यमार्फत गाजामा स्थायी युद्धविराम सम्झौताका लागि नयाँ र गम्भीर वार्तामा सहभागी हुन इच्छुक रहेको जनाएको छ ।
काठमाडौँ, जेठ २३ गते । काठमाडौँ महानगरपलिकाले अनुगमन समितिले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरूको पालना सन्तोषजनक रहेको जनाएको छ । अनुगमनका क्रममा दिइएका निर्देशन पालनाको समीक्षामा कामपा उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डङ्गोलले निर्देशन कार्यान्वयन अवस्था सन्तोषजनक रहेको बताउनुभयो । समीक्षामा अनुगमन गरिएको मिति, स्थान, समय, त्यहाँको अवस्था र दिइएको निर्देशन स्मरण गराउँदै कार्यान्वयनको प्रगतिका विषयमा सम्बन्धित विभागका प्रमुखबाट जानकारी लिँदै उहाँले उक्त जानकारी गराउनुभयो ।चालु आर्थिक वर्षका विभिन्न समयमा गरिएको अनुगमनका क्रममा संयोजक डङ्गोलले नारायण गोपाल भवनमा लिफ्ट राख्ने, पूर्वाधार निर्माणका योजनामा जाँच गरिएका निर्माण सामग्री तथा निर्माण भएपछि गुणस्तर जाँच गरिएको प्रतिवेदन तयार पार्ने, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन प्रदूषणमुक्त हुनुपर्नेलगायतका निर्देशन दिनुभएको थियो । भौतिक पूर्वाधार निर्माण गर्दा अकासे पानी सङ्कलन र पुनःभरण गर्ने प्रणाली अनिवार्य सञ्चालनमा ल्याउने, कमलपोखरीमा पानीको मात्रा बढाउने, पोखरी परिसरमा सिसीटिभी क्यामेरा जडान गर्ने, धुलोरहित सडक योजनाको प्राविधिक प्रतिवेदन पेस गर्ने, भवन नक्सा प्रणालीमा अनिवार्य रूपमा विद्युतीय प्रणालीमात्र प्रयोग गर्ने, मखन आगलागीको प्रतिवेदन पेस गर्ने, बेरुजु फछ्र्योटको कार्ययोजना बनाउनेलगायत विषयमा निर्देशन दिनुभएको थियो । विगत अनुगमनको समीक्षा गर्दै उहाँले भन्नुभयो, “बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण, योजना अनुगमन, वडास्तरीय कामको अनुगमनसहित कामपाले हेर्नुपर्ने धेरै क्षेत्र छन् । ती हरेक क्षेत्रमा उपप्रमुख संयोजक भएको समितिले अनुगमन गर्न कठिन छ । यसकारण हामीले क्षेत्रगत र वडागत अनुगमन टोली गठन गरेका छौँ । अनुगमन जुन टोलीले गरे पनि त्यसको प्रतिवेदन समितिमा पेस गर्नुपर्छ ।” अवस्था र आवश्यकतामा कुरा गर्दै उहाँले योजना, अनुगमन तथा मूल्याङ्कन एकाइलाई भन्नुभयो, “केन्द्रीय र वडास्तरीय अनुगमन टोलीले सम्पन्न गरेका कामको एकीकृत प्रतिवेदन तयार पार्नुहोला ।” सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने विषयमा उहाँले विषयगत समितिका सदस्य सचिवहरूलाई प्रतिवेदन पेस गर्न र यसअघिका आर्थिक वर्षहरूको एकीकृत प्रतिवेदन पेस गर्न पनि निर्देशन दिनुभएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको चिनियाँ भाषा प्रशिक्षणको सातौँ ब्याचको औपचारिक उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्नुभयो ।
कर्णाली प्रदेशमा कार्यरत करार सेवाका सवारी चालकहरुले सामाजिक सुरक्षा कोषमा समेट्नुपर्ने माग गर्दै नौ बुँदै मागपत्र बुझाएका छन् ।
सुदूरपश्चिमकै शक्ति पीठका रूपमा रहेको बेहडाबाबा मन्दिरमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले दर्शन गर्नु भएको छ । कैलालीको धनगढी–१६, रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरको दर्शन गर्न परराष्ट्र मन्त्री राणा शुक्रवार पुग्नु भएको हो ।
आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
दक्षिण एसियाका अधिकारकर्मीले द्वन्द्व प्रभावितले न्याय पाउनुपर्नेमा जोड दिएका छन् । वुमन्स पोलिटिकल एकेडेमी र जागरण नेपालद्वारा काठमाडौँमा आयोजित ‘महिला, शान्ति र सुरक्षा: दक्षिण एसियाली अनुभवहरू’ विषयक कार्यक्रममा नेपाल, श्रीलङ्का, भारत लगायतका अधिकारकर्मीले सो विषयमा जोड दिएका हुन् ।
मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन अन्तर्गत शुक्रवार बसेको प्रदेशसभाको बैठकमा मधेस प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अगामी आर्थिक वर्ष २०८२-०८३को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।