नेपालको संविधानको धारा १३६ मा ‘सर्वोच्च अदालत र मातहतका उच्च अदालत, जिल्ला अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशको हुने छ’ भन्ने उल्लेख छ ।
भावना व्यक्तिले अनुभूति गर्ने कुरा, निजको चेतना वा मनस्थिति जनाउने शब्द हो, जसमा हामी प्रेम, आनन्द, दुःख, घृणा वा क्रोधको अनुभव गर्छौं । प्रत्येक व्यक्तिको व्यक्तित्वमा एक तर्कसङ्गत र भावानात्मक पाटो रहेको हुन्छ । कुनै व्यक्तिलाई जान्न बुझ्न निजको बौद्धिक र भावनात्मक बनावट बुझ्न आवश्यक हुन्छ ।
आर्टिफिसियल इन्टलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको प्रयोग दिनदिनै बढ्दो छ ।
जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
बिपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
रामेश्वर ढकालको शब्द/सङ्गीतमा झ्याउरे लयको ‘राम्दी मेलैमा’ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रामेश्वर ढकाल, शीतल भण्डारी, विनोद अर्याल, लालमाया थापा पुन, सुप्रिम ढकाल र सम्झना रणपालको स्वर रहेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ ।
नेपालगन्जको रामलीला मैदानमा दसैँको अवसर पारेर रामलीला मञ्चन भइरहेको छ । भारत वृन्दावनबाट कलाकारले रामलीला प्रदर्शन गरिरहेका छन् ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका पीडितको रु ५३ करोड एक वर्ष पुग्दा पनि धरौटी खातामा जम्मा हुन सकेको छैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सञ्चालन गरेको मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी काठमाडौँको पेप्सीकोला क्षेत्रमा खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका क्रममा कतिपयमा अखाद्य वस्तु फेला परेका छन् ।
नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले धार्मिक पर्यटकीय स्थलको विकासका लागि प्राथमिकता दिएको बताउनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।
समाजमा शिक्षकले पुर्याएको योगदानको कदर गर्दै शनिबार विश्वभर एक साथ विश्व शिक्षक दिवस मनाइएको छ ।
हरियाणामा शनिबार साँझ पाँच बजेसम्म ६१ प्रतिशत मतदान भएको छ । राज्यभर भएको एकल चरणको विधानसभा चुनावमा सबै ९० सीटहरुका लागि मतदान भएको हो ।