काठमाडौँको दक्षिणकाली नगरपालिकाबाट ललितपुरमा खानेपानी आपूर्ति सुरु गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा मन्त्रीहरू र उच्च पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ ।
माइक्रोआरएनए पत्ता लगाउने अमेरिकी वैज्ञानिक ग्यारी रुभ्कनले अर्का अमेरिकी भिक्टर एम्ब्रोसका साथमा सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जित्नुभएको छ ।
सनथ जयसूर्यालाई सोमबार श्रीलङ्का क्रिकेटको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । उहाँले टि-२० विश्वकपबाट श्रीलङ्काको तुरुन्त बहिर्गमनपछि राजीनामा दिनुभएका क्रिस सिल्भरवुडको स्थान लिनुहुनेछ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ ।
लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतहरूले जनाएका छन् ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताउनु भएको छ ।
तेह्रथुममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिका –९ पुरुन्दिन बस्ने २० वर्षीय सन लिम्बुको भरुवा बन्दुक पड्किदा बन्दुकको छर्रा लागेर गए राित मृत्यु भएको हो ।
मोरङको रङ्गेलीमा सोमबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसद समेत रहनु भएा प्रभु ग्रुपका अध्यक्ष देवि प्रकाश भट्टचन एवं इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले २५ लाख रुपियाँकोे चेक संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभयो ।
सहकारीले सर्वसाधारणका साना आवश्यकता पूरागरी जीविकोपार्जनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । नागरिक सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको पाँचौ बार्षिक साधारण सभामा बोल्ने बक्ताले यस्तो बताएका हुन् ।
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको छ ।
मधेश प्रदेशमा चाडपर्वलक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउने विषयमा सोमबार मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा बसेको प्रदेशस्तरीय सुरक्षा बैठक सम्पन्न भएको छ ।
असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् ।