काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको हाे ।
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले कोशी प्रदेशमा बाढी पहिरोबाट खानेपानी तर्फ १७ करोड र सिँचाइ तर्फ १४ करोड रुपियाँको क्षति भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष थारु आयोग र मुस्लिम आयोगले आर्थिक वर्ष २०८०-०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ ।
काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरूको उपचार सेवा सुचारु हुने जनाएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा ४५० थान जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।
गृहमन्त्री रमेश लेखकले स्थानीय तहहरूले बाढीपहिरोबाट घर पूर्णरुपमा क्षति भएको विवरण पठाएको तीन दिनभित्र अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम पठाइने बताउनुभएको छ ।
असोज ११ र १२ गते आएको बाढीले पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिकामा एकसय घरधुरी र दुई विद्यालयमा पूर्णरुपमा क्षति गरेको प्रतिवेदन आएको छ ।
गीतकार टङ्कबहादुर भट्टराईको ‘दिलमायाको चिया दोकान’ नामक गीत लोकार्पण गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजनालाई टुङ्ग्याउन सुझाव सङ्कलन सुरु गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सभा सदस्यसँग गुरुयोजनाबारेमा छलफल अघि बढाएको हो ।
विभिन्न कामका लागि गाउँभन्दा बाहिर रहेका युवाहरु गाउँ फर्कन थालेपछि स्याङ्जामा दशैको रौनक बढेको छ । शहर–बजार तथा विदेशमा रहेका युवाहरु दसैं मनाउन गाउँमा फर्कनेक्रम जारी छ ।
काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले अन्तर्राष्ट्रिय सङ्गठन प्रोग्रेसिव एलान्सको नयाँ सदस्यता पाएको छ ।