महोत्तरीमा चाडपर्व आगमनसँगै चोरी तथा डकैतीका घटना बढेको छ । एक दिनअघि मात्र जिल्लाको सम्सीमा डकैतीको घटना घटेको थियो । मंगलबार राति ओैरहीमा लुटपाटसँगै एक जनालाई घाइते बनाएका छन् ।
प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थाबाट उनीहरुलाई धनगढीको दुई स्थानबाट पक्राउ गरेको हो ।
अमेरिकाको न्यूयोर्कमा बुधवार पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श गरिएको छ ।
अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा सवारी साधनको जामका कारण नागढुङ्गा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ ।
उत्तर कोरियाले बुधवारदेखि दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गरेको छ । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको अनिश्चित सुरक्षा अवस्थालाई कारण बनाउँदै दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गर्ने कोरियाली पिपुल्स आर्मी (केपीए)लाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा आइतबार राति भएको आतङ्वादी हमलाको कडा निन्दा गरेको छ ।
हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँ भित्रिसकेको छ । शहर गएकाहरू गाउँ फर्किने क्रम जारी छ । विद्यालयहरू बिदा भएका छन् । गाउँघरमा रमाइलो गर्न स्थानीयले परम्परागत पिङ हाल्न थालेका छन् ।
कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिकजसो मौसममा फेरबदल देखिन थालेपछि उनीहरुलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हासिल गरिरहेको छ । पछिल्लो समय भारतीय सीमा क्षेत्रका नागरिक एवम् अन्य देशका नागरिक समेत नेपालका आँखा उपचार केन्द्रमा सेवा लिन आउनेक्रममा वृद्धि भइरहेको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा ६ का दृष्टिविहीन जयबहादुर विकको घर वर्षामा भत्किएपछि पत्रकारले सहयोग जुटाएर बनाएका छन् ।
दसैंजस्तो ठुलो चाडपर्व चलिरहेकै बेला बाँकेकै दुर्गम मानिने नरैनापुर गाउँपालिकामा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ ।
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ स्थित रहेको बरौंला बजार सुन्दर देखिएको छ । बरौंलामा ६ वटा वडा रहेको ऐरावती गाउँपालिकाको मुकाम हो ।
जनताको गुनासो सुन्न र त्यसलाई कार्यान्वयन गर्न कपिलवस्तु प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ ।