• ८ मंसिर २०८१, शनिबार

झिम्रुक नदी किनारको बरौंला बजार

blog

ऐरावती गाउँपालिका –२ स्थित बरौंला बजार । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज २३ गते । प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ स्थित रहेको बरौंला बजार सुन्दर देखिएको छ । बरौंलामा ६ वटा वडा रहेको ऐरावती गाउँपालिकाको मुकाम हो । 

बरौंला बजार झिम्रुक नदीको किनारमा रहेको फाँटमा अवस्थित छ । नजिक बग्ने झिम्रुक नदीले बरौंलालाई अझै सुन्दर बनाएको छ । बिजुली कोटबाट देखिने बरौंला बजारको सुन्दर दृश्यले आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउँछ ।