विश्व दृष्टि दिवस तथा ६९ औँ प्रहरी दिवसको अवसरमा ताप्लेजुङ कारागारका कैदी र प्रहरी कर्मचारीको आँखा परीक्षण गरिएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित कुम्भकर्ण (जन्नु) हिमाल आरोहणका क्रममा एक विदेशी (अमेरिका) बेपत्ता हुनुभएको छ।
पश्चिम नेपालका विभिन्न पहाडी जिल्लाका गरिब र विपन्न महिलालाई लागुऔषध चरेस भारत पुर्याउने भरियाका रूपमा प्रयोग गर्दै आएको पाइएको छ।
नेपाली समुदायको पहिचानको रूपमा रहेको भाषा कला र संस्कृति संरक्षण गर्नुपर्ने सुझाव वक्ताहरूले दिएका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा ९ मा भैरहवा कृषि बजार सञ्चालनमा ल्याइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पुर्याउन सक्दो पहल गर्ने बताउनुभएको छ । स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो ।
पोखरामा यसपालिको बडादसैँको टीका (विजयादशमी)का दिन निःशुल्क बस चलाइने भएको छ।
गुल्मीमा गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। बुधबार दिउँसो सत्यवती गाउँपालिका वडा नम्बर–१ कुडादीमा शान्तिपुर बुटवल पक्की सडकखण्डमा गाडी दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो।
काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रको गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ।
१५० औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय स्याङ्जाले दुई पत्रकारसहित आठ जनालाई सम्मान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख हस्तान्तरण गरेको गरेको छ ।
नवलपुर सदरमुकाम कावासोतीमा गैँडासँग ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख हस्तान्तरण गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल हुलाक सेवाका विभिन्न आयाममा अभ्यस्त हुनेक्रममा रहेको र यसको विकासका लागि सरकार अग्रसर रहेको बताउनुभएको छ । १५० औं विश्व हुलाक दिवसको अवसरमा आज भिडियो सन्देश दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।