शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञानलाई दैनिक जीवनसँग जोड्ने गरी विद्यालय तहदेखि प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ ।
दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा तराई मधेशका बजारहरूमा माटोका भाँडाकुँडाको माग बढ्दै गएको छ ।
गत १२ र १३ असोजको अविरल वर्षाका कारण तामाकोशी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ ।
मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले शुक्रबार यहाँ पक्राउ गरेको छ । भारत विहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करिब आठ केजी चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वि.स २०११ मा साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेख्नुभएको 'एक चिहान'को मञ्चनमा स्याङ्जा विद्यार्थीको आकर्षण बनेको छ ।
जनक शिक्षा सामग्री केन्द्रमा अब हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ हुने भएको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटका अनुसार महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपियाँ र उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख रुपियाँ खर्च गर्न पाउने हद निर्धारण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) मा सशक्तरुपमा उठाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका ५ को पर्यटकीय बस्ती ठिनीमा प्रथम अन्तर्राष्ट्रिय पर्वतीय चित्रकला महोत्सव भएको छ ।
अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । शुक्रबार रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्रीसमेत रहनुभएका रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै प्रदर्शन गरेको हो ।
कोशी प्रदेशमा लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको सङ्क्रमण बढेको छ ।
गृह मन्त्रालयले १७ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहले प्रजिअसहित सहसचिव र उपसचिव स्तरका कर्मचारीहरुको पनि सरुवा गरेको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले बालविवाह मुक्त राष्ट्र बनाउने मूल अभियानलाई सफल पार्न तीनै तहका सरकार एकबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभएको छ ।