• ८ मंसिर २०८१, शनिबार

रास्वपाद्वारा माइतीघरमा प्रदर्शन

blog

काठमाडौँको माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको प्रदर्शनमा सहभागीहरु ।

काठमाडौँ, कात्तिक ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । शुक्रबार रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्रीसमेत रहनुभएका रवि लामिछानेलाई पक्राउ गरिएको भन्दै प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरुसम्म सहभागी थिए । सभापति लामिछानेमाथि सहकारी गठी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ ।

शुक्रबारदेखि काठमाडौँमा प्रदर्शन निरन्तर जारी रहने रास्वपाका नेताहरुले बताएका छन् ।