डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको भन्दै नेपाल विद्यत् प्राधिकरणले ३४ उद्योगको विद्युत् आपूर्ति बन्द गरी दिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चामल, तेल तथा दाललगायतका वस्तु उपभोक्तालाई सहज र सुलभ रूपमा उपलब्ध गराएर इमानदारीपूर्वक व्यवसाय गर्न सम्बद्ध व्यवसायीलाई आग्रह गर्नुभएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
सत्ता साझेदार दलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम अघि बढाएको निष्कर्ष निकालेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्ने भएको छ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न तीन वटाभन्दा बढी अन्तर्राष्ट्रिय हवाई कम्पनीले तयारी गरिरहेका छन् ।
दाङको घोराही उपमहानगरपालिका १३ स्थित डुम्बरगाउँका किसान इन्द्रा बुढाको परिवार तिहारलाई लक्षित गरेर सयपत्री फूलको माला गाँस्दै । इन्द्राले विगत आठ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनु भएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिले समग्र समाजलाई दिशानिर्देश गर्ने गरेकाले जिम्मेवार भएर देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।
क्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसमा आयोजित शिखर सम्मेलनमा सहभागिताका कारण संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणलाई अस्वीकार गर्नुभएको राष्ट्रपति कार्यालयको उच्च स्रोतले शुक्रबार बताएको छ ।
पोखरा पाल्पामा जारी दोस्रो ज्योतिपुञ्ज कपको फाइनलमा गन्नी फुटबल क्लब पोखरा र युनाईटेड युथ क्लब नवलपुरले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जर्मनीले भारतीय कुशल कामदारहरुलाई आफ्नो देशमा काम गर्न दिने भिसाको सङ्ख्या उल्लेखनीयरुपमा बढाउने वाचा गरेको छ ।
हुम्लाको ताजाकोट गाउँपालिकाले कर्णाली प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई २५ केजीको मालाले स्वागत गरेको छ ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ ।
केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले सूर्यदर्शन बचत तथा ऋण सहकारीमा रकम ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको छ ।
भक्तपुर दरबार स्क्वायरमा घुम्न आएका विदेशी पर्यटक यहाँको सम्पदास्थलको अवलोकन गर्दै ।