• १२ कात्तिक २०८१, सोमबार

सूर्यदर्शन सहकारीकाे रकम ठगी अभियोगमा खनाल पक्राउ

blog

रामबहादुर खनाल

काठमाडौं, कात्तिक ९ गते । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले सूर्यदर्शन बचत तथा ऋण सहकारीमा रकम ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा ४८ वर्षीय रामबहादुर खनाललाई  पक्राउ गरेको छ । 

पक्राउ परेका खनाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको जानकारी केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोका प्रवक्ता होबिन्द्र बोगटीले दिनुभयो । खनालकाे स्थायी ठेगाना तनहूँ जिल्लाको भानु नगरपालिका वडा नं.८ बगालेफाँट रहेको छ। 

प्रहरीले भनेको छ, ‘‘कृष्णप्रसाद जैसीसमेतको जाहेरी र प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी रवि लामिछानेसमेत भएको सूर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराधसम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न नेचर हवर्स इन्टरनेशनल प्रा.लि. र गोरखा ग्रुप अफ कंपनी लिमिटेडको संचालक एवं शेयरधनी रामबहादुर खनाललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१ कात्तिक ९ गते जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३, पानीपोखरीबाट पक्राउ गरेको व्यहोरा सूचित गरिन्छ ।’’