काठमाडौँ, कात्तिक ९ गते । बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाएको छ ।
बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा) तथा सरकारलाई समर्थन गरेका जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेताहरू सहभागी छन् ।