मकवानपुरको राक्सिराङमा शनिवार साँझ डुबेर एक बालिकाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलिङ्गेमा स्थानीय शेर बहादुर प्रजाकी ३ वर्षीया छोरी सुभेक्षा माया प्रजाको डुबेर मृत्यु भएको वडा अध्यक्ष अक्कल बहादुर मुक्तानले जानकारी दिनुभयो ।
नेपालको आम्दानीका प्रमुख स्रोतका रूपमा कृषि, पर्यटन, जलविद्युत् र जडीबुटीलाई मानिन्छ । केही दशक अघिसम्म नेपालको कृषि उत्पादन विदेशतर्फ निर्यात हुँदै आएकोमा अहिले सम्पूर्ण खाद्यवस्तु आयात गर्नुपर्ने स्थितिमा पुगेको छ । गाउँमा करेसा बारी, सहरमा गमला वा रछ्यानमा छरिदिए पुग्ने धनिया पनि अर्बौं रुपियाँको आयात हुने गरेको छ । घरमुनिको बारी बाँझो राखेर बजारबाट तरकारी किन्ने आदत बसिसकेका नेपालीले परिश्रम गरी पुनः कृषिजन्य सामग्री कहि
सातबुँदे सहमति गर्दै नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय राजनीतिमा नयाँ सहयात्रा र संयुक्त सरकार गठन गरेर अघि बढेको एक महिना पुग्दै छ । नेपालका ठुला यी दुई दलबिच सत्ता सहयात्राका विषयमा अहिले पनि पक्ष–विपक्षमा बहस जारी छ । यी दुई दलबिच सङ्घर्ष र प्रतिस्पर्धाका बिच सहकार्य र सत्ता सहयात्रापछि मुलुकमा तरङ्ग पैदा भयो । राजनीतिक अस्थिरता र त्यसले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा पारेको नकारात्मक प्रभावको आत्मबोधपश्चात् दुई ठुला पार्टीबिचको सहयात्राले जनतामा आशा र भरोसा जगाएको छ । आर्थिक क्षेत्रमा देखिएको प्रारम्भिक सङ्केतले आशाको दियो बालेको छ । अब केही हुन्छ कि भन्ने आशा जनातामा बढेको छ ।
अविरल वर्षासँगै आएको पहिरोका कारण अरनिको राजमार्ग र जिरो किलो मेलम्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिवार राती देखी परेको अविरल वर्षाका कारण अरनिको राजमार्गको दोलालघाट बन्देउ खण्ड र हेलम्बु सडकको जिरो किलो फेदी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पार्टीनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)को उम्मेदवालाई जिताउन एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले सुनचाँदी व्यवसायीको कोटा वृद्धिलगायत जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । “सुनचाँदी व्यवसायीका समस्या के छन् ? छलफलमा आउनुहोस्, जायज माग सम्बोधन गर्न म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्छु”, उहाँले भन्नुभयो । राष्ट्र बैङ्कबाट सुनचाँदी खरिद गरेर उपभोक्तासम्म पुग्दा पाँचवटा माध्यम बिचमा रहेको मन्त्री भण्डारीले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा आयातनिर्यात दुवैमा कमी आएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आयातनिर्यातमा सङ्कुचन आएको हो । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा आयात ०.६७ प्रतिशतले घटेर एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपियाँको आयात भएको थियो । यस्तै चालु आवको साउन महिनामा निर्यात ९.६३ प्रतिशतले घटेर १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपियाँको भएको छ ।
पृथ्वीनारायण शाह र उहाँका बुवा नरभूपाल शाहका राजनीतिक सल्लाहकार बिसे नगर्चीको विषयमा खोज, अनुसन्धान गरी लेखक दीपेन्द्रराज तिम्सिनाले ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ पुस्तक प्रकाशित गर्नुभएको छ । विभिन्न समयमा इतिहासकारले लेखेका ऐतिहासिक दस्ताबेजमा पनि बिसेले नुवाकोट दुई पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई उचित समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहास छ ।
राष्ट्रिय मानव अधिकार आयोगले भ्रष्टाचार मुद्दामा हदम्यादको व्यवस्था नराख्न प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिमा पत्राचार गरेको छ । समितिमा दफावार छलफलका क्रममा रहेको विधेयकमा प्रस्तावित हदम्यादको व्यवस्था नराख्न आयोगले समितिमा पत्राचार गरेको प्रवक्ता डा. टीकाराम पोखरेलले बताउनुभयो । आयोगले शुक्रबार समितिमा पत्राचार गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले चार वटै सहकारीको बचत रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको बयान दिनुभएको छ । उहाँले त्यसको सबै दोष गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) तर्फ देखाउनुभयो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग गरेको सोधपुछमा उहाँले आफू जिम्मेवारीमा रहँदा कुनै पनि सहकारीमा निवेदन दिएर ऋण नलिएको दाबी गर्नुभएको हो ।
युक्रेनको सशस्त्र सेनाले पछिल्लो २४ घण्टामा रूसको सीमा क्षेत्र बेलगोरोडका ३० भन्दा बढी बस्तीमा आक्रमण गरेको बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताउनु भएको छ ।
घर नजिकैको जङ्गलमा गत साउन २७ गते भेटिएको शव र सँगैका गहना तथा कपडा मीनाको भएको सनाखत गरेका उनीहरू न्यायका लागि हारगुहार गरिरहेका छन् ।
पूर्वबाट काठमाडौँ आउँदै गरेको हाइलक्स गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ। सशस्त्र प्रहरीका अनुसार शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली जिल्लाको गलान्जोर गाउँपालिका १ मध्यपहाडी लोकमार्गको कुडेलबाट डबल क्याप बुलेरो गाडी सुनकोशी नदीमा खसेको हो।
अखिल नेपाल टेबलटेनिस सङ्घको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमालको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।