न्युयोर्क, भदौ २१ गते । संयुक्त राष्ट्रसङ्घले गाजा पट्टीमा इजरायली आक्रमण बढ्दै गएपछि सर्वसाधारणलाई ठुलो सङ्ख्या विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
पछिल्लो दुई दिनमा उत्तरी गाजाबाट दक्षिणतर्फ तीन हजार नयाँ विस्थापनका घटना दर्ता भएको संयुक्त राष्ट्रसङ्घका महासचिवका स्पोकपर्सन स्टेफन दुजारिकले एक पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँले इजरायलले गाजामा मानवीय सहायताको प्रवाहमा अवरोध र रोक जारी राखेको पनि दोहोर्याउनुभयो ।
दुजारिकले सन् २०२५ को जनवरीदेखि अहिलेसम्म इजरायली सेना र बसोवासीबाट दुई हजार ७८० जना प्यालेस्टिनी घाइते भएको बताएका छन् । सन् २०२४ को तुलनामा प्यालेस्टाइनमाथि इजरायली आक्रमणमा ३९ प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो । सन् २०२३ अक्टोबर ७ देखि गाजामाथि इजरायलको जारी आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ६४ हजार ३०० पुगेको छ भने एक लाख ६२ हजार पाँच जना घाइते भएका छन् । रासस/एएफपी