• २१ भदौ २०८२, शनिबार

शिक्षामा सङ्कट- तनहुँमा ५८ प्रतिशत विद्यार्थीले छोडे विद्यालय

blog

शिक्षा विकास तथा समन्वय एकाइ तनहुँको कार्यालय। तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ २२ गते। तनहुँमा ठुलो सङ्ख्यामा विद्यार्थीले माध्यामिक तहसम्म अध्ययन पूरा नगरी विद्यालय छोड्ने गरेको पाइएको छ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार कक्षा १ मा भर्ना भएका मध्ये कक्षा १२ सम्म आइपुग्दा करिब ५८ प्रतिशत विद्यार्थीले पढाइ बिचमै छोडेका छन्।

एकाइ प्रमुख श्रेष्ठका अनुसार कक्षा १२ सम्म केवल ४१.९ प्रतिशत विद्यार्थी मात्रै विद्यालयमा टिक्ने गरेका छन्।

छात्रा र छात्र दुवैको पढाइ बिचमै छोड्ने दर समानरूपमा उच्च देखिएको छ। छात्रमा ५७ प्रतिशत र छात्रामा ५७.९ प्रतिशतले पढाइ छोड्ने गरेका छन्।

श्रेणीगत विवरण हेर्दा, कक्षा १५ मा भर्ना हुने विद्यार्थी ९४ प्रतिशत रहेको छ। तर कक्षा ६८ मा भर्ना हुने विद्यार्थी घटेर ९३.३ प्रतिशत, कक्षा ९१० मा ७१.६ प्रतिशत मात्र रहन्छ।

माध्यामिक तहको अन्तिम कक्षा १११२ मा मात्र ४१.९ प्रतिशत विद्यार्थी विद्यालयमा टिक्न सकेका छन्। स्वदेशमा रोजगारीका अवसर कम हुनु, अभिभावक अध्ययनका लागि आर्थिक भार धान्न नसक्नु, र गुणस्तरीय शिक्षाको पहुँच नहुनु लगायत पढाइ छाडेको एकाइ प्रमुख श्रेष्ठ बताउनुहुन्छ।

अध्ययन वातावरण र मार्गदर्शन दुवैको अभावले विद्यार्थी विद्यालयमा टिक्न नसक्ने अवस्थामा पुर्‍याएको उहाँ बताउनुहुन्छ।

अभिभावकको भूमिका पनि यस अवस्थामा महत्त्वपूर्ण रहेको देखिन्छ। धेरै अभिभावक आफ्ना छोराछोरीको पढाइमा समय दिन सकिरहेका छैनन् वा आर्थिक कारणले आवश्यक सहयोग पुर्‍याउन सक्दैनन्।

व्यास नगरपालिकाका सूचना अधिकारी तथा शिक्षा शाखा प्रमुख केदारराज आचार्य अभिभावकविद्यालय साझेदारी बलियो भएमा विद्यार्थीको पढाइ टिकाइ राख्न सहज हुने बताउनुहुन्छ। शिक्षा सुधारका अभियन्ता भन्नेहरू कुरा राम्रो गर्ने तर सुधारको कदम नचालेकोले पनि विद्यार्थी छाड्ने क्रम बढेको आचार्य बताउनुहुन्छ।