नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमजनतालाई सरकारका कमजोरी औँल्याउने र सकारात्मक कामबारे जनतासम्म प्रभावकारी रूपमा पु¥याउन सञ्चार जगत्ले महìवपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) ले आफ्ना सेयरधनीलाई ६.३१ प्रतिशत नगद लाभांश दिने भएको छ । निफ्राले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण अनुसार सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट नगद लाभांश प्रस्ताव गरेको हो ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ स्थित ब्युराखेतमा रहेको रारा हाइड्रोपावर १५ वर्षदेखि निर्माणाधीन अवस्थामै अलपत्र परेको छ । २०६७ सालदेखि निर्माण थालिएको आयोजना अहिलेसम्म काम पूरा नहुँदा अलपत्र परेको हो ।
‘अन्नको भण्डार’ भनेर परिचित बर्दियाका किसान व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि परम्परागत धानका जात हराउँदै गएका छन् । कुनै समय सजिलै पाइने बर्मा, कनजिरा, सुहावत, तालगन्ध र कालानमक जातका धान हाल भने उत्पादनमै सङ्कटमा परेका छन् ।
राष्ट्रिय सभाका सदस्यले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकको नाम नै परिवर्तन गर्नुपर्ने सुझावसहित संशोधन दर्ता गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दर्ता गराएको सो विधेयकको नाम परिवर्तन गर्न सभाका आठ सदस्यले संशोधन दर्ता गराएका हुन् ।
आज यहाँ सम्पन्न सेजनको २७औँ साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गर्नुभयो।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।
नेपाल र बङ्गलादेशबिचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोल रहित बराबरीमा सकिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान महाविधेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सकिएको छ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उराव जातिको उत्थानको लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकार लाग्नुपर्ने बताउनु भएको छ ।
सुडानको उत्तरी क्षेत्र स्थित एक सुन खानी भत्किँदा छ जनाको मृत्यु भएको र २० जनासम्म फसेको आशङ्का गरिएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।
इजरायल रक्षा बल (आइडीएफ)ले शनिबार गाजा स्ट्रिपको दक्षिणी भागमा नयाँ मानवतावादी क्षेत्रको घोषणा गरेको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षको पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक गरिएको छ ।
इलामका कवि दिपेन्द्र आचार्यको कविता सङ्ग्रह ‘व्यापार पृथ्वीको’ लोकार्पण गरिएको छ । ६५ वटा कविता समेटेर तयार गरिएको कविता संग्रहको शनिबार सूर्योदय नगरपालिकामा कार्यक्रम आयोजना गरी लोकार्पण गरिएको हो ।