शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् ।
व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर रु ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।
तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ ।
कैलालीमा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ भने एक वृद्धा घाइते हुनुभएको छ । गौरीगङ्गा नगरपालिका वडा नम्बर ७ मौलियामा एउटै विस्तारमा सुतेका दुई नातिनी र बजैलाई सर्पले डसेको जनाइएको छ ।
चितवनको टाँडीमा निर्माण कार्य सुरु गरिएको रत्ननगर सभा हल आठ वर्षमा पचासी प्रतिशत काम सकिएको छ । चितवनमै पहिलो पटक छ सय जना क्षमताको सभा हल निर्माण
पर्वत जिल्लामा हरियो वन नेपालको धन भन्ने उखानविपरीतको अवस्था यतिखेर देखा पर्दै गएको छ । जिल्लाका सामुदायिक वनमा स्थानीय उपभोक्ताको रुचि र सक्रियता घटेसँगै पाँच वर्षयता वनको आम्दानीसमेत शून्य देखिएको छ । सहभागितामूलक वन व्यवस्थापनको अवधारणा अनुरूप सञ्चालित सामुदायिक वन उपभोक्ता समूह निष्क्रिय छन् । बर्सेनि करोडौँ रकम आम्दानी गर्ने पर्वतका ३८८ वटा वन उपभोक्ता समूह निष्क्रिय भएका हुन् ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शङ्कास्पद वस्तु भेटिएको छ ।
राष्ट्रिय जनगणना–२०७८ अनुसार गुल्मीमा ६६ हजार १२५ घरधुरी रहेकामा २२ हजार ३६९ घरधुरी ‘एक घर एक धारा’ विहीन छन् । दुई नगर र १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा ४३ हजार ७५६ घरमा एक घर एक धारा पुगेको छ भने बाँकी २२ हजार ३६९ घरधुरी पिउने पानीका लागि कुवा/पँधेरो धाउने गरेका छन् ।
नारायणगढ -मुग्लिन सडकखण्डमा आइतबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा घाइतेको संख्या १५ जना भन्दा बढी पुगेको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु.प्र.प्र. ०२—००१ ख १३३२ नम्वरको बस आइतबार बिहान ७.१५ बजे सडकको घुमाउनेमा दुर्घटना हुँदा घाइते भएका हुन् । उनीहरूलाई अहिले उपचारकाे लागि चितवन मेडिकल कलेज ल्याई पुर्याइएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।
नेपाल र भारत युगौँदेखि घनिष्ठ मित्रता भएका दक्षिण एसियाली मुलुक हुन् । यी दुई देशबिचको अनुकरणीय सम्बन्ध र मित्रता विश्वमा बिरलै देख्न पाइन्छ । कतिपय मुलुकको छरछिमेक सम्बन्ध राजकीय तथा औपचारिकता मात्र सीमित भएको देखिन्छ । कतिपय मुलुकको छिमेक सम्बन्ध त वैरभावपूर्णसमेत हुन्छ । नेपाल र भारतबिच भने राज्यस्तरको घनिष्ठ सम्बन्धसँगै मित्रताका अनेक आयाम छन् । नागरिक तहको आर्थिक, सामाजिक, सांस्कृतिक मित्रताको युगीय सम्बन्धले दुई देशबिचको मित्रतालाई युगौँदेखि सघन बनाउँदै लगेको छ । यो सम्बन्धलाई दुवै देशका राजनीतिक नेतृत्वको बेलाबखत भइरहने भ्रमणले अझ उचाइमा
अहिलेसम्मका खोज र प्रमाणले कठोर दण्डको भयले मानिसलाई अपराध गर्नबाट हतोत्साहित पारेको पुष्टि गर्दैन । आफूले गर्ने कार्य कसूरजन्य हो हैन र कसुर भएमा कति दण्ड हुन्छ भनी हिसाब गरेर अपराध गर्ने बिरलै हुन्छन् । सबै मानिस एउटै प्रकृतिका हुँदैनन् । तिनको सामाजिक, सांस्कृतिक र आर्थिक पृष्ठभूमि पृथक् पृथक् हुन्छ । जुन दण्डले सामान्य समझको मानिसलाई भयभित गराउँछ त्यही दण्डले असामान्य समझको मानिसलाई हतोत्साहित नपार्न सक्छ । सामान्य समझकै
मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् रु दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रकम पुँजीगत खर्च गरेका छन् ।
एक्काइसौँ शताब्दीमा चुस्त सरकार सिर्जना गर्नु विश्वका सबै देशको आधारभूत आवश्यकता हो । अझ विकासशील देशले त यो बाटोलाई पछ्याउनै पर्छ । नेपालको संविधान २०७२ ले शिक्षा, स्वास्थ्य आदि जस्ता अधिकारले जनतालाई बलियो बनाउने नीति नै लिएको छ । देशमा बढ्दै गएको भ्रष्टचार, विकासका आयोजना समयमा नसकिने र लागत बढ्ने र सामाजिक सुरक्षाको रकममा समेत अनियमितता हुने जस्तो अवस्थाले युवाहरूको बुझाइमा नेपाली समाजको विघटनकारी वातावरण तयार हुँदै गएको भन्ने गलत भाष्य सिर्जना गरिएको छ । सरकारदेखि राजनीतिक पार्टी र सिंहदरबारको प्रशासनले देशभित्रका अनियमितता ज