सरकारले अविरल वर्षासँगैको बाढीपहिरोबाट प्रभावित इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुर क्रिकेट मैदानको अनुगमन गर्दै नेपाल प्रिमियर लिग (एपपिएल) अगाडि नै रङ्गशाला निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीको एआइजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन भएको बङ्गलादेशको अन्तरिम सरकारले पदच्युत अवामी लिगका समर्थकविरुद्ध संशोधित आतङ्कवादविरोधी कानूनको प्रयोग तीव्र पारेको ह्युमन राइट्स वाच (एचआरडब्ल्यु) ले बिहीबार जनाएको छ ।
कास्कीको पोखरा–१८ स्थित धार्मिक एवम् पर्यटकीयस्थल सराङकोटबाट बिहीबार देखिएको फेवातालसहित आसपासको क्षेत्र ।
वर्षाका कारण पश्चिम नवलपरासीमा झन्डै पाँच सय बिघाको धान खेतीमा क्षति पुगेको छ । पसाउने बेलामा आएको पानीले धान खेतीमा क्षति गरेको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ । वर्षाका कारण पसाउन लागेको धानसहित धेरै दिन डुबानमा पर्दा तटीय क्षेत्रका खेतको धान नष्ट भएको हो ।
सरकारले भिजिट भिसा प्रकरणलाई अगाडि बढाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
सप्तरीको सप्तकोशी नगरपालिकामा बिहीबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर –१ घर भएका २८ बर्षिय दिपेश परियारको करेन्ट लागेर मृत्यु भएको हो ।
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शारदा नगरपालिका–९, ज्वालापुरबाट थापाचौरतर्फ बिवाहका लागि जन्ती लैजाँदै गरेको लु.प्र.०२–००१ ज.००२१ नम्बरको जिप दिउँसो अनियन्त्रित भई करिब २०० मिटर तल खसेको छ । जिपमा सवार ११ जना घाइते भएका छन् ।
नवपुस्ता (जेनजी) समूहले जेनजी विद्रोहले उठाएका मुद्दा र स्थापित गरेका मानक, मर्म र मनोविज्ञानविरुद्ध एकपछि अर्को प्रहार भइरहेको भन्दै गुनासो गरेको छ ।
राष्ट्रिय सभा र सभा मातहतका समितिले अब गतिविधि बढाउनुपर्नेमा विज्ञले जोड दिएका छन् ।
दुई हप्ताअघि भेरी अस्पतालको एमआरआई सेवा एक हप्तासम्म ठप्प भयो । भेरी अस्पतालले सप्लायर्सहरूलाई समयमै रकम भुक्तानी दिन नसक्दा सेवा ठप्प भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट निराजन सुवदीले जानकारी दिनुभयो ।
बर्दियामा ६० वर्षीय एक ज्येष्ठ नागरिक महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–१, बडकी टडुवाकी क्याउली थरुनी रहनुभएको छ ।
सुडानको मस्जिदमा अर्धसैनिक द्रुत समर्थन बलले गरेको आक्रमणमा १३ जनाको मृत्यु भएको विस्थापित परिवार रहेको सहर एल-फासेरमा शरण लिइरहेका दुई प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
कैलाली कारागारबाट भागेका ३७३ जना कैदीबन्दी कारागार फर्केका छन् । स्थानीय प्रशासनले फर्कनका लागि तोकेको समय सीमासम्म सो सङ्ख्यामा कैदीबन्दी फर्केका हुन् ।