नेपालमा राष्ट्रिय युवा परिषद्को स्थापना राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार सोही वर्ष फागुनमा भएको थियो । युवा तथा खेलकुद मन्त्री अध्यक्ष रहने यस परिषद्मा नेपाल सकारबाट मनोनीत एक जना कार्यकारी उपाध्यक्ष रहने र योजना आयोगसहित विभिन्न आठ मन्त्रालयका सचिव तथा अध्यक्षबाट मनोनीत २५ जना विभिन्न क्षेत्रका युवा सदस्य र परिषद्को वरिष्ठतम कर्मचारी सदस्य सचिव रहने व्यवस्था छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दसैँसहितका बिदा समाप्त भइसक्दा पनि अनुपस्थित रहेका कर्मचारीलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन मिति तोकेको छ । निर्वाचन नेपालको संविधान तथा निर्वाचनसम्बन्धी कानुनले निर्धारण गरेको आवधिक नभई आकस्मिक रूपमा राष्ट्रले आवश्यकता ठानेको हो ।
विश्व दृष्टि दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
तमानखोलाको जुर्गाघाटका स्थानीयले अब लेकमै मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । करिब दुई सय अस्थायी र पाँच घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने गुर्जाघाटका स्थानीयको घरमा अहिलेसम्म बिजुली बत्ती पुगेको छैन ।
मोरङ समाचारदाताविराटनगर, असोज २४ गते । कोशी प्रदेशका बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिन प्रदेश स्वास्थ्य मन्त्रालयको अनुगमन टोली बाढी प्रभावित क्षेत्रमा खटिएको छ । कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राई, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत र प्रदेश आपूर्ति व्यवस्थापन विभागका प्रमुख सुरेश मेहताको नेतृत्वमा छुट्टाछुट्टै टोली गठन गरिएको छ ।स्वास्थ्यमन्त्री राईको नेतृत्वमा रहेको टोलीले झापा हुँदै इलाम र पाँचथर, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख बस्नेतको टोलीले झापा र मोरङ तथा प्रदेश आपूर्ति व्यवस्थापन विभागका प्रमुख मेहताको नेतृत्वमा रहेको टोलीले सुनसरी र उदयपुरका बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरी जनस्वास्थ्यको अवस्थाबारे जानकारी लिने मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईले बताउनुभयो । सूचना अधिकारी डा. राईका अनुसार अनुगमन टोलीले बाढीपहिरोबाट प्रभावित तथा विस्थापित व्यक्तिको स्वास्थ्य अवस्था, खानेपानी र सरसफाइको स्थिति, आकस्मिक उपचार, सेवा, औषधी आपूर्तिको अवस्था मूल्याङ्कन गर्ने छ । मन्त्रालयको अनुगमन टोली बुधबारदेखि नै विपत् प्रभावित क्षेत्रमा खटिएको र शुव्रmबारसम्म प्रभावित क्षेत्रको जनस्वास्थ्यको अवस्था र अन्य तथ्याङ्क सङ्कलन गरी विराटनगर फर्कने उहाँले बताउनुभयो । टोलीले प्रभावित स्थानमा पुगेका स्वास्थ्यकर्मी, स्थानीय तह र राहत संयन्त्रसँग छलफल गरी तत्कालको आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने छ । टोलीले स्वास्थ्य संस्था र राहत शिविरमा फैलिन सक्ने महामारीजन्य रोग, विशेष गरी पानीजन्य, कीटजन्य सङ्व्रmमणका सम्भावित जोखिमबारे अध्ययन गर्ने छ । यसका साथै टोलीले स्वास्थ्यकर्मी र स्थानीय तहका प्रतिनिधिलाई रोग नियन्त्रणका उपायबारे सचेत गराउनुका साथै आवश्यक औषधी तथा स्वास्थ्य उपकरणको आपूर्तिको व्यवस्था मिलाउने छ । टोलीले विपत् प्रभावित व्यक्तिको स्वास्थ्य उपचार र उद्धार कसरी भइरहेको छ ? विपत्पछि हुन सक्ने महामारीको नियन्त्रण गर्न आवश्यक पर्ने पूर्वतयारीको कसरी गर्न सकिन्छ ? भन्ने विषयमा अध्ययन गर्ने बताइएको छ । मन्त्रालयका अनुसार हाल बाढीपहिरोका कारण विभिन्न जिल्लाका स्वास्थ्य संस्थामा पुगेको क्षति तथा बिरामीको सङ्ख्यासम्बन्धी विवरण सङ्कलन गरिरहेको छ । मेची राजमार्ग अन्तर्गत माईखोलामाथि पहिरो गएको सडकखण्ड सुुचारु गर्न काम गरिँदैे । तस्बिर : कोकिला ढकालयसका लागि मन्त्रालयले सम्बन्धित स्वास्थ्य निकायलाई आवश्यक फाराम र निर्देशनसहित पत्रसमेत पठाइसकेको छ । शुव्रmबारसम्ममा पूर्ण विवरण आउने जनाएको छ । यसले स्वास्थ्य सेवा सञ्चालनमा परेको असरबारे बुझ्न र आवश्यक पुनस्र्थापना योजना बनाउन सहयोग पु¥याउने छ । मन्त्रालयले बाढीपछिका दिनमा सम्भावित महामारी फैलिन नदिन समुदायिक स्वास्थ्य स्वयंसेवा र स्थानीय स्वास्थ्य संस्था सव्रिmय बनाउन निर्देशन दिएको छ । साथै प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी, सरसफाइ र व्यक्तिगत स्वच्छताबारे जनचेतनामूलक अभियान सञ्चालन गर्न तयारी भइरहेको मन्त्रालयले जनाएको छ । त्यसै गरी कोशी प्रदेश सरकारले प्रदेशभित्रका बाढीपहिरोपीडितलाई आवश्यक राहत पठाइरहेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपत् महाशाखाका प्रमुख षडानन्द भट्टराईले बताउनुभयो । बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न र क्षतिको विवरण सङ्कलन गर्न कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना बिहीबार नैै इलाम पुग्नुभएको छ । माईखोलामा सडक खोल्न सुुरुयसैबीच इलाम समाचारदाताका अनुसार गत असोज १८ गते रातिको वर्षापछि पहिरो जाँदा अवरुद्ध भएको मेची राजमार्ग अन्तर्गत इलामको माईखोलामाथिको सडक सुुचारु गराउन अहिले सडक डिभिजन कार्यालय इलामले काम सुुरु गरेको छ । डिभिजन कार्यालयका प्रमुखसहित इन्जिनियरको टोली अहिले माईखोलामै रहेको छ । माथिबाट पुनः पहिरो खस्छ कि भन्ने त्रासबिच पनि कार्यालयले एक्साभेटर सञ्चालन गरेको छ । सडक डिभिजन कार्यालय प्रमुख पवन भट्टराईले भन्नुुभयो, “आज नै खुलाउन सकिन्छ भन्ने अवस्था छैन तर व्रmमशः हामी सडक खुलाउने प्रयास गरिरहेका छौँ ।” उहाँका अनुसार अहिले झापा सिमाना जोरकलशदेखि माईखोलासम्म दोहोरो रूपमा यातायात सञ्चालन छ । इलाम बजारदेखि पुवाखोलासम्म पनि सडक खुला छ । पुवाखोलामाथि साँखेजुुङतर्फ दुुई स्थानमा पनि अहिले सडक खुलाउन मेसिन सञ्चालन गरिएको छ । राजमार्गको राजदुवालीस्थित माईखोलामाथि पहिरो खसेपछि यो क्षेत्रमा भने यात्रुुलाई पैदलै हिँडिरहेका छन् । इलाम सदरमुकामतर्फ आउने यात्रुु माईखोलादेखि पहिरो खसेको क्षेत्रलाई पैदल पार गरेर पहिरोभन्दा माथिको भागबाट अर्को सवारीमा यात्रा गरिरहेका छन् । यस्तै इलाम सदरमुकामबाट झापातर्फ जाने यात्रु पनि पहिरोमाथिसम्म एउटा सवारी र माईखोला पारिबाट अर्को सवारीमा यात्रा गरिरहेका छन् ।
जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेकी प्रहरी सहायक हवल्दार संगिता अधिकारीलाई सम्मान गरिएको छ ।
नेपालको संविधानमा स्वास्थ्य र खाद्य सुरक्षासम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । अन्य अल्पविकसित र विकासशील देशमा जस्तै नेपालले पनि कुपोषणको बहुआयामिक चुनौती सामना गर्न उल्लेखनीय रणनीतिक प्रयास गर्दै आएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
सामान्य अवस्थामै पनि हरेक वर्ष दसैँको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चाहे त्यो हवाईजहाजको यात्रा होस् या सडकयात्रा दुवै कष्टकरपूर्ण हुन्छ ।
नेपाल बिहीबार आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्समा स्थान बनाउन सफल भएको छ । नेपालले बुधबार राति कुवेतलाई ५८ रनले हराएर विश्वकप पुग्ने अभियानमा सकारात्मक सुरुवात गरेको थियो ।
देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका हरिया तरकारी (हरियो फर्सी, काक्रो र घिरौँला) अत्यधिक विषादीको मात्रा भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले बजारमा भित्रिएका तरकारीको नमुना परीक्षण गर्दा ती तरकारीमा विषादीको मात्रा अधिक देखिएको हो ।
देशबाहिर रहेका परिवारका सदस्यसमेत नेपाल आएर दसैँ मनाउने बेलामा करिब चार हजार युवा रोजगारीका लागि बिदेसिएका छन् । स्वदेशमा रोजगारीका अवसर नपाएपछि दसैँको समेत वास्ता नगरी युवा कामका लागि बिदेसिन बाध्य भएका हुन् ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) ले बाढी प्रभावित जलविद्युत् आयोजनालाई विभिन्न राहत प्याकेज दिन सरकारसँग माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग भेट गरी इप्पानका अध्यक्षसहितको प्रतिनिधिमण्डलले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजना पुनर्निर्माणका लागि सरकारले राहत प्याकेज नै घोषणा गर्नुपर्ने माग गरेको हो ।